कञ्चनपुर । गठबन्धन सरकारको पहलमा कञ्चनपुरको कृष्णपुर नगरका जनता जमिनको मालिक बन्ने भएका छन । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहितको गठबन्धन सरकारकै पालामा कृष्णपुरका जनता जमिनको मालिक बन्ने भएका हुन । मंगलबार राष्ट्रिय भूमि आयोग कञ्चनपुरका अध्यक्ष देवेन्द्र ढुङ्गाना, सदस्य दिल बहादुर देउवा सहित कृष्णपुरमा जमिनका नापजाँच शुरु गरेका छन ।

राष्ट्रिय भूमि आयोग कञ्चनपुरका अध्यक्ष देवेन्द्र ढुङ्गानाले अन्य पालिका जस्तै कृष्णपुरमा समेत ऐलानी जमिन नापजाँच शुरु गरिएको बताए । राष्ट्रिय भूमि आयोगका सदस्य दिल बहादुर देउवाले बषौँदेखि भूमिहिन वा भूमि भएर पनि जमिनको मालिक बन्न नसकेका जनता अब जमिनको मालिक बन्ने बताए । ‘मत कृष्णपुर नगरकै स्थानीय हुँ, ‘उनले भने, ‘यहाँ ०१८सालदेखि मानिसले बसोबास गरेका छन, तर जमिनको स्वामित्व छैन ।’ कृष्णपुर नगरका मेयर कर्ण हमालले राष्ट्रिय भूमि आयोगको काम कृष्णपुरमा सहज हुने बताएका थिए ।

प्रतिक्रिया दिनुस