कञ्चनपुर ,  नेकपा क्रान्तिकारी माओवादीले बैशाख ३० गते हुन लागेको स्थानिय चुनाव बहिष्कार गर्ने निर्णय गरेको छ । नेकपा क्रान्तिकारी माओवादीको काठमाण्डौँ मा हालै सम्पन्न केन्द्रिय समितिको बैठकले चुनाव बहिष्कार  गर्ने निति पारित गरेर क्रान्तिकारी माओवादीले चुनाव बहिष्कार अभियान देशभर सकृय  बनाएको छ ।

क्रान्तिकारी माओवादी नेता गाँउ सहरमा चुनाव बहिष्कारमा लागेको नेकपा क्रान्तिकारी माओवादी केन्द्रिय सदस्य हरि सुवेदीले जानकारी दिनुभयो । सुबेदीले भने तत्काल हुने प्रतिकृयावादी दलाल व्यवस्थाको यथास्तिमा हुने स्थानिय चुनावको औचित्य नरहेको बताए ।

प्रतिकृयावादी हुने स्थानिय चुनाव बहिष्कारको लागि प्रदेश कमिटि र जिल्ला कमिटिको बैठक हुन लागेको र बैठक सम्पन्न पछि चुनाव बहिष्कार सबै सक्रिय रहने नेता सुवेदीले  बताए  । नेकपा क्रान्तिकारी माओवादीका नेता कार्यकर्ताले समाजिक सञ्जाल मार्फत पनि चुनाव बहिष्कार अभियान सञ्चालन गरेका छन । सामाजिक सञ्जालमा चुनाव बहिष्कार बारे आफ्नो यस्तो धारणा राखेका छन

प्रतिक्रिया दिनुस