कञ्चनपुर चैत्र,१८,  सूचनाको हकका लागि राष्ट्रिय महासंघ कञ्चनपुर शाखाको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । शुक्रबार महासंघको तदर्थ समिति संयोजक हरिश चन्द्र बागको अध्यक्षता एवं महासंघका केन्द्रिय अध्यक्ष उमिद वागचनको प्रमुख आतिथ्यतामा जिल्ला भेला सम्पन्न भएको हो ।

भेलामा विभिन्न सरकारी कार्यालयका सूचना अधिकारी अतिथि रहेका थिए ।जिल्ला भेलाले हरिश चन्द बागलाई जिल्ला अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । त्यसैगरी भेलाले उपाध्यक्षमा धर्मा रोकाया, सचिवमा देवेन्द्र खड्का, सह–सचिवमा निर्मला सुनार, कोषाध्यक्षमा खडक कोली चयन भएका छन् । भने सदस्यमा शंकर अवस्थी चयन भएका छन । अन्य सदस्यमा पालिकाहरुका संयोजक पदेन जिल्ला सदस्य रहने छन । भेलाले जिल्लास्थीत स्थानिय तहहरुको समेत संयोजक तोकेको छ । भीमदत्त नगरपालिकाको संयोजकमा राजेन्द्र विष्ट, दोधारा चाँदनी नगरपालिकाको संयोजकमा पप्पु गुरुङ्ग, शुक्लाफाँटा नगरपालिकाको संयोजकमा अर्जुन सिंह, बेदकोट नगरपालिकामा गोकुल जोशी, बेलडाडी गाउँपालिकामा विकास सिंह महता, लालझाडी गाउपालिकामा पहिलाद राना, पुनर्वासमा किशोर तामाङ्ग, बेलौरी नगरपालिकामा माधव पौडेल र कृष्णपुर नगरपालिकामा गौरव विष्ट चयन भएका छन ।
भेलाले प्रदेश र केन्द्रिय प्रतिनिधि समेत सर्वसम्मत चयन गरेको छ । प्रदेश प्रतिनिधिमा भास्कर केसी, धन बहादुर बोहरा(डिवी) र ऐश्वर्या कुँवर सर्वसम्मत चयन भएका छन् । त्यसैगरी केन्द्रिय प्रतिनिधिमा अम्बा तिवारी, धनन्नजय अवस्थी, कुन्दन पाण्डेय र देवराज बडु चयन भएका छन ।

प्रतिक्रिया दिनुस