काठमाडौं साउन ३१ , सुदूरपश्चिमका ईमानदार र भद्र सालिक मानिने नेता खगराज भट्ट नेपाल कम्युनिस्ट पार्टी नेकपा को सुदूरपश्चिम प्रदेश कमिटीको सहइन्चार्ज चयन भएका छन् ।

शुक्रबार बसेको पार्टी सचिवालय बैठकले नेता खगराज भट्टलाई सहइन्चार्ज बनाएको हो ।यसअघि भट्टलाई डँडेलधुरा जिल्लाको इन्चार्ज बनाइएको थियो । जिल्ला इन्चार्जमा असन्तुष्टि जनाउँदै उनले जिम्मेवारी नलिने घोषणा गरेका थिए ।

नेता खगराज भट्टको असन्तुष्टि सम्बोधन गर्दै नेकपाले सहइन्चार्जमा पदोन्नति गरेको हो । भट्टसँगै नेकपाका अन्य केन्द्रीय नेताहरूको बाँडफाँट गरिएको छ ।

प्रतिक्रिया दिनुस