चितवन ,  न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछानेसहित तीन जनालाई ५ दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन जिल्ला अदालत चितवनले अनुमति दिएको छ ।प्रहरीले लामिछानेसहित पत्रकार युवराज कँडेल र अस्मिता कार्कीलाई शुक्रबार जिल्ला अदालत चितवनमा उपस्थित गराएको थियो ।

अदालतसँग प्रहरीले १० दिनको समय मागेकोमा ५ दिन म्याद पाएको हो । ‘हामीले १० दिनको म्याद मागेको थियौं, सम्मानित अदालतले ५ दिन म्याद थपेको छ। हामी घटनाबारे अनुसन्धान गरिरहेका छौ‌’, एक प्रहरी अधिकारीले भने ।पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएपछि प्रहरीउनीहरुलाई नियन्त्रणमा लिएको हो ।

लामिछानेसहित तीनै जनालाई बिहीबार काठमाडौंबाट पक्राउ गरेर चितवन लगिएको थियो ।लामिछाने पक्राउको विरोधमा आज उनका समर्थकहरुले चितवनमा प्रदर्शन समेत गरेका थिए ।

प्रतिक्रिया दिनुस