कञ्चनपुर । नेकपा एमालेबाट निर्वाचित कञ्चनपुरको बेदकोट नगरका मेयर अशोक कुमार चन्द सहितका २९ जनप्रतिनिधी नेकपा एकिकृत समाजवादीमा प्रवेस गरेका छन । आइतबार बदेकोट नगरपालिका ३ दैजीको जय शंकर सामुदायिक वनमा समाजवादी बेदकोट नगरको भेला तथा पाटी समायोजन कार्यक्रममा मेयर चन्द सहितका ५ वडाध्यक्ष ५ कार्यपालिका सदस्य र बाँकी वडा सदस्य सहितका जनप्रतिनिधीले एमाले परित्याग गरेर माओवादीमा प्रवेस गरेका हुन ।
एमालेबाट निर्वाचित ३ का वडाध्यक्ष तिलक ठकुल्ला, ४ का भाष्कर दत्त भट्ट, ७ का बिर बहादुर डगौरा, ८ का दुर्गा सिह भण्डारी, १० का केशव रावल, कार्यपालिका सदस्य चेतराम कामी, तारा रैकाल, दलबिर टमाटा, पिंकी दमाई, निर्मला विष्ट(चौधरी), माया बोहरा(महरा), वडा सदस्यहरु अम्बा बहादुर चन्द, तुलसी कामी, दिल बहादुर बोहरा, दिल बहादुर बोहरा, बसन्ती राना, जोगराम डगौरा, देउमा बाबली, गोमती कुँवर, पल्टु डगौरा(चौधरी), अर्जुन धानुक, धौलीदेवी महर(कामी), रेश्मी डगौरा, गणेश बहादुर विष्ट, डम्बर दत्त भट्ट रहेका छन ।
०७४सालमा एमालेबाट बेदकोट नगरमा प्रमुख, उप प्रमुख, वडाध्यक्ष, सदस्य सहित ४२ जना निर्वाचित भएका थिए । ३ यस अघि नै गरि अहिले २९जना जनप्रतिनिधी समाजवादीमा समाहित भएका छन । समाजवादी प्रवेस गर्ने बेदकोट नगरका जनप्रतितिधीलाई नेकपा एकिकृत समाजवादीका केन्द्रीय अध्यक्ष एव पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले टिका लगाएर पाटीमा स्वागत गरेका छन । ‘राम्रा र देशभक्त जनप्रतिनिधी, नेता कार्यकर्ता समाजवादीमा आईरहेका छन, ‘अध्यक्ष नेपालले भने, ‘ओली जस्तै ठगहरु उतै बसिरहेका छन ।’
समाजवादीमा प्रवेस गर्दै बेदकोट नगरका मेयर अशोक कुमार चन्दले एमालेमा ईमान्दार काम गर्ने कम्युनिष्ट नेताहरुलाई लखेट्न थालेपछि समाजवादको यात्रा तय गरिएको बताए । ‘मैले एमालेमा २२ बर्ष काम गरेको छुँु, ‘चन्दले भने, ‘१८ बर्षको उमेरदेखि मलाई जनप्रतिनिधीमा काम गरेको अनुभव छ ।’ मेयर चन्दले एमालेलाई धन्यवाद दिदै कसैलाई आरोप नलगाईकनै नयाँ यात्रामा गएको बताए । एमालेमा १० बुँदेका नाममा आफुहरुलाई अपमान र तिरस्कार गर्न खोजिएको चन्दले बताए ।
‘ओलीले खल्तीबाट नाम निकाल्ने काम ग¥यो, ‘उनले भने, ‘पार्टीमा निरङकुसता लादियो ।’ क्ञ्चनपुरमा समेत नेतृत्वले बषौँदेखि काम गरेका नेता कार्यकर्तालाई उपेक्षा गर्दै नातागोता, छोराछोरी, आफन्तलाई दोहोरो जिम्मेबारी दिएको बताए ।
एमाले सुप प्रदेश इन्चार्ज लेखराज भट्ट, प्रदेश अध्यक्ष दामोदर भण्डारी र कञ्चनपुर इन्चार्ज निरुदेवी पालले आफुलाई पुन मेयर लड्नका लागि प्रस्ताव राखेको बताउँदै मेयर चन्दले आफुले भावि चुनाव नलड्ने समेत घोषणा गरेका छन । नेकपा एकिकृत समाजवादी पाटी बेदकोट नगरपालिका अध्यक्ष महेशराज जोशीको अध्यक्षतामा भएको कार्यक्रममा एमालेबाट निर्वाचित जनप्रतिनिधी एमाले परित्याग गरेर समाजवादी रोजेका छन ।