कञ्चनपुर,चैत ,२०। नेकपा एमाले कञ्चनपुरमा पाटीै छोड्नेको लहर चलेको छ । कञ्चनपुरमाको वेदकोट नगरपालिकाका मेयर अशोककुमार चन्द सहितका एमाले पार्टीबाट निर्वाचित २७ जना जनप्रतिनिधि नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

मेयर चन्दसहित वेदकोट नगरपालिकामा एमालेबाट निर्वाचित भएका चार जना वडाध्यक्ष र वडा सदस्य लगायतका २७ जना जनप्रतिनिधि एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् । कञ्चनपुरको वेदकोट नगरपालिका ३ दैजीमा आयोजना भएको कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मेयर चन्दसहितका जनप्रतिनिधिलाई पार्टीमा प्रवेस गराएर स्वागत गरेका छन ।

मेयर चन्दसँगै वेदकोट नगरपालिकाकै वार्ड नं ३ का अध्यक्ष तिलक ठकुल्ला, वार्ड नं ४ का अध्यक्ष भास्कर भट्ट, वडा नं ७ का अध्यक्ष वीरबहादुर डगौरा, वार्ड नं ७ का अध्यक्ष दुर्गासिंह भण्डारी र वार्ड नं १० का अध्यक्ष केशव रावल पनि एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।त्यस्तै वेदकोट नगर कार्यपालिकाका सदस्यहरु दलवीर टमटा, तारा रैकाल, निर्मला विष्ट चौधरी, पिंकी दमाइ र माया बोहरा तथा २२ जना वार्ड सदस्य एकीकृत समाजवादीमा प्रवेश गरेका छन ।

त्यस्तै वेदकोट नगरपालिकाका मेयर अशोककुमार चन्द सहितका एमाले पार्टीबाट निर्वाचित २७ जना जनप्रतिनिधि एमाल, कांग्रेस, माओवदी , राप्रपा लगायत बिभिन्न पार्टीबाट ७०० भन्दा बढी एकीकृत समाजवादी प्रवेश गरिसकेका र थप प्रवेस भइरहेका एकीकृत समाजवादी पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका केन्द्रिय सदस्य मदन बिष्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुस