कञ्चनपुर , चैत्र ,२०। नेकपा माओवादी केन्द्रका पुर्व प्रदेश कमिटि सदस्य युवा नेता राम धामी बिजय नेकपा माओवादी केन्द्र पार्टी परित्याग गरेर नेकपा क्रान्तिकारी माओवादी पार्टीमा पुर्नर मिलन भएका छन । जनयुद्ध देखी राजनितिमा सकृय नेकपा माओवादी  केन्द्र प्रदेश कमिटि सदस्य डडेल्धुराका युवा नेता राम  धामी बिजय माओवादी केन्द्र पार्टी परित्याग गरेर क्रान्तिकारी माओवादी प्रवेस गरेका छन ।

कञ्चनपुरमा सनिवार देखि जारी क्रान्तिकारी माओवादी पार्टीको सुदुरपश्चिम प्रदेश कमिटिको बैठक बसेको अवसरमा क्रान्तिकारी माओवादी स्थायि कमिटि सदस्य तथा प्रवक्ता हरि भक्त कँडेल प्रतिक बाट टिका र खादा लगाएर पार्टी प्रवेस गरिएको क्रान्तिकारी माओवादी सुदुरपश्चिम प्रदेश सेक्रेटरी चिन्तकले जानकारी दिनुभयो ।

क्रान्तिकारी प्रवेस गरेका धामीले माओवादी पार्टी दलाल संसदिय व्यवस्थामा फसेकोले नेपाली सर्वहारा मुक्तिको लागि देशको समग्र बिकास जनवादी व्यवस्था क्रान्ति र आन्दोलनवाट सम्भव रहेको जनताको जन गणतन्त्रको कार्यदिशा क्रान्तिकारी माओवादी संग रहेकोले क्रान्तिकारी सागरमा प्रवेस गरेको बताए । क्रान्तिकारी माओवादीले दिएको जिम्मेवारी जनगणतन्त्रको स्थापना जनताको मुक्तिको लागि निरन्तर आन्दोलनमा लाग्ने प्रतिज्ञा गर्दै आजका दिन देखी क्रान्तिकारी पार्टी निर्माणमा रहेने नेता धामीले बताए ।

प्रतिक्रिया दिनुस