कञ्चनपुर, चैत्र, २० । नेकपा (क्रान्तिकारी माओवादी) सुदूरपश्चिम प्रदेश कार्यसमितिको बैठक सनिबार देखि कञ्चनपुरको मध्यभाग झलारीमा बैठक जारी रहेको छ ।

नेकपा क्रान्तिकारी माओवादीले बैशाख ३० मा हुने भनिएको स्थानिय चुनाव बहिष्कार गर्न निति लिएको छ । बैशाख ३० हुने स्थानिय निर्वाचन बहिष्कार र संगठन निर्माण लगायत बिषयमा छलफल जारी रहेको नेकपा क्रान्तिकारी माओवादी सुदूरपश्चिम प्रदेश सेक्रेटरी चिन्तकले जानकारी दिनुभयो ।

 

सुदूरपश्चिम प्रदेश कार्यसमितिको बैठकमा नेकपा क्रान्तिकारी माओवादी केन्द्रिय स्थायी कमिटि सदस्य तथा प्रवक्ता प्रतिकको प्रमुख अतिथि रहेका छन ।

सुदूरपश्चिम प्रदेश कार्यसमितिको बैठकमा अतिथि क्रान्तिकारी माओवादीका केन्द्रिय सदस्य तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज डायमन्ड अतिथि क्रान्तिकारी माओवादीका केन्द्रिय सदस्य बिक्रान्त केन्द्रिय सदस्य लाल किरण केन्द्रिय सदस्य रुद्र कँडेल केन्द्रिय सल्लाहाकार रहेका छन । त्यस्तै बैठकमा सुदूरश्चिम प्रदेश कार्यसमितिका सदस्यहरुको उपस्थिति रहेको छ ।

प्रतिक्रिया दिनुस