कञ्चनपुर चैत्र २० । बैशाख ३० मा हुने भनिएको स्थानीय तहको निर्वाचनका लागि भीमदत्त नगरपालिकाको मेयरमा इन्जिनियर कोमलबहादुर सिंहले उम्मेदवारी घोषणा गरेका छन्। सिंहले आफ्ना समर्थकको उपस्थितिमा शनिबार भीमदत्त नगरको मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन्।

महेन्द्रनगर ९–११ होटेलका सञ्चालकसमेत रहेका इन्जिनियर सिंहले आफू कुनै राजनीतिक दलमा आबद्ध नभई स्वतन्त्र रूपमै मेयर पदका लागि उम्मेदवार रहेको बताए। उम्मेदवारी घोषणा गर्दै उनले २५ बुँदे प्रतिबद्धतापत्रसमेत सार्वजनिक गरेका छन्।

उनले राजनीतिक दलबाट निर्वाचित मेयरबाट नगरको दिगो विकास र समृद्धि नहुने भएकाले आफूले स्वतन्त्र उम्मेदवारी दिएको प्रस्ट पारे।सिभिल इन्जिनियर सिंह झन्डै अढाई दशक कतारमा काम गरेर फर्किएका थिए। ‘मैले मेरो सीप र श्रम कतारमा भौतिक निर्माण क्षेत्रमा प्रयोग गरेको थिएँ,’ उनले भने, ‘अब स्वदेशमै गएर काम गर्नुपर्छ भन्ने लागेपछि घर फर्किएर होटेल व्यवसायमा सञ्चालनमा ल्याएको बताए ।आफ्नो उम्मेदवारी विशुद्ध विकासका लागि भएको दाबी गर्दै सिंहले नगरमा हुने संस्थागत भ्रष्टाचार अन्त्य गर्ने प्रतिबद्धता जाहेर गरे।

प्रतिक्रिया दिनुस