कञ्चनपुर । नेकपा एकिकृत समाजवादी भीमदत्त नगरका नेता रंगी बोहरा पुन समाजवादीमै फर्किएका छन । दुई दिन अघि मात्रै एमाले पोलिट्ब्युरो सदस्यद्वय निरुदेवी पाल र राजेन्द्र सिह रावलले रंगी बोहरा सहितका नेताहरु पुन मुल घरमै फर्किनु भएको भन्दै फाएको दोस्रो दिन फेरी समाजवादीका नेता बोहराले आफु समाजवादीमै रहेको बताएका छन ।

बिहीबार नेकपा एकीकृत समाजवादी कञ्चनपुरका सह इन्चार्ज समेत रहेका पुर्वराज्यमन्त्री प्रकास बहादुर रावलको उपस्थितिमा बोहराले समाजवादीमै रहेको घोषणा गरेका हुन । समाजवादी भीमदत्त नगरका उप सचिव ईन्द्र बहादुर ठगुन्नाले बोहरा पुन समाजवादीमै फर्किएको स्पष्ट पारेका छन । बोहराले रावल सामु आफु समाजवादीमै रहेको बताएका छन ।

बोहराले राती आफुलाई जबरजस्त गरेको र एमाले प्रवेस गरेको भए आफुले पार्टीमै काम गर्नुपर्ने बताएका छन । रातीका बेला कोठाभित्र जबरजस्ती गरेका हुन, नलाउ भन्दाभन्दै अबिर र खादा लगाएर गएको बोहराले बताए । समाजवादी भीमदत्त नगरका उप सचिव ठगुन्नाले जनलहर समाजवादीतिर बढिरहेका बेला एमाले नेता कार्यकर्ताले घर घर गएर जबरजस्ती गरिरहेको बताए ।

प्रतिक्रिया दिनुस