कञ्चनपुर चैत्र २३ । नेकपा माओवादी केन्द्र पुर्चौंडी नगर कमिटी पदाधिकारीको बैठकले बैशाख ३० मा हुन गइरहेको स्थानिय तहको निर्वाचनका लागि पुर्चौंडी नगरपालिका वार्ड १,२,३ मा अध्यक्षको उम्मेदवार सर्वसम्मत रुपमा टुंगो लगाएको छ ।

पुर्चौंडी नगरपालिका वार्ड १ अध्यक्षको उम्मेदवार दले धामी (रकेट) वार्ड २ मा अध्यक्षको उम्मेदवार मान बहादुर साउद (चट्टानं) र, वार्ड ३ मा अध्यक्षको उम्मेदवार गोपाल सिंह महरा लाई सर्वसम्मत रुपमा टुंगो लगाए छ ।

बिहिवार माओवादी केन्द्र पुर्चौंडी नगर कमिटी पदाधिकारीको बैठकले तिन वार्डको अध्यक्षको उमेदवारीका लागि सर्वसम्मत रुपमा टुंगो लगाएर उमेदवारी घोषणा गरिएको नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश सदस्य युवा नेता तथा पुचौँडी नगरपालिकका मेयरका उमेदवार बिक्रम कुवर प्रतिकले जानकारी दिनुभयो । यस अघि नेकपा माओवादी केन्द्रले पुर्चौंडी नगरपालिका मेयरका लागि माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश सदस्य  बिक्रम कुवर प्रतिक लाई सर्वसम्मत रुपमा उम्मेदवार घोषण गरिएको छ ।

प्रतिक्रिया दिनुस