खडक ओली

कञ्चनपुर । कञ्चनपुरको जिल्ला सदरमुकाम महेन्द्रनगरमा एक दलित परिवारको हरिबिजोग भएको छ । कमाउने मान्छे गुमेपछि लक्ष्मी लुहारको परिवार संकटमा मात्र होईन किरियाका बेलामा समेत घरमा आने अन्न नहुँदा भोकभोकै बस्नुपर्ने बाध्यता आएको छ । बैतडी घर भएका लक्ष्मी लुहारको परिवार विगत केही बर्षदेखि भीमदत्त नगरपालिका ४ वडा कार्यालय नजिकै एक संस्थाको घरमा भाडामा बस्दै आएका छन ।

लक्ष्मीका श्रीमान लछी ६०बर्षको उमेरमा निधन भएको थियो । श्रीमानको निधनपछि लक्ष्मी करिया बसेकी छिन । किरियामा रहेकी लक्ष्मीको परिवारमा दैनिक गुजारा चलाउन धौउधौउ भएको छ । सात दिन अघि विभिन्न रोगबाट उनका श्रीमानको मृत्यु भएको छ । श्रीमानको मृत्युको एकातिर विचल्लीमा परेको दमाई परिवार आर्थिक रुपमा निकै संकट त छनै तर, किरियाका बेलामा समेत खान लाउन समस्या भएको छ ।

दलित समुदायका लुहार परिवारले दलित अधिकार अनेकन दलितका नाममा विदेशबाट डलर ल्याएर अधिकारकर्मीको नाममा पैशा उडाउने तर आफुहरु जस्ता पीडित दलितमाथि कुनैपनि दलित नेताले नहेरिदिएको गुनासो पोखेका छन । मृतक लछीका छोार अजय लुहारले दलितमाथि बज्र्रपात हुँदा समेत कुनैपनि दलित नेता घरमा नआएको बताए । ‘उसरी हामी सुन्छौँ, दलितको अधिकार आयो, खै हामी जस्तालाई त केही छोएको छैन ।’

दलितका नाममा डलर भित्र्राउने थुप्रै डलरबादी कञ्चनपुरमै हुँदा पनि विपन्न दलित परिवारको घरतिर टेर पुच्छर लगाएका छैनन । किरियामै रहेकी लछीकी श्रीमती लक्ष्मीले दलितका नाममा राजनीतिक गर्ने, संघ संस्था चलाउनेहरुले ८दिन वितिसक्दा पनि आफुहरुको पीडा नबुझिदिएको बताईन ।

लुहार परिवारले किरियाका बेला कम्तिमा दुई छाक गाँस बार्नका लागि सहयोगका लागि अपिल गरेका छन । छेउमै वडा सरकार छ, तर वडा सरकारको पनि यस्तो विपन्न दलितको कहालिलाग्दो अवस्थामा ध्यान नदिएको किरियापुत्री परिवारको दुखेसोछ ।

प्रतिक्रिया दिनुस