कञ्चनपुर , गणेश एसके, चैत, २५ । कञ्चनपुरमा सुदुरपश्चिम विश्वविद्यालय कानुन संकाय अन्तर्गत BA LLB दोस्रो सेमेष्टरमा अध्यनरत विद्यार्थीहरू र कञ्चनपुर जिल्ला अदालत बार एशोसिएसनका पदाधिकारी बीच शुक्रबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मुख्य गरी कानुन संकायका विद्यार्थी र कानुन व्यवसायिहरुको साझा समूह बार एशोसिएसन बीच के कसरी सहकार्य समन्वय गरी विद्यार्थीको सिकाइलाई थप प्रभावकारी र उपलब्धिमुलक बनाउन सकिन्छ भन्ने विषयमा केन्द्रित रही भएको उक्त अन्तरक्रियामा पहिले सहभागी विद्यार्थीहरुले आफ्ना जिज्ञासा र प्रश्नहरू राखेका थिए र त्यस पश्चात कार्यक्रमममा उपस्थित बार एशोसिएसनका प्रतिनिधि हरुले प्रश्नहरूमा छलफल गर्दै उठेका विषयवस्तुको बारेमा प्रष्ट पारेका थिए ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा रहेका नेपाल बार एशोसिएसनका केन्द्रिय उपाध्यक्ष उमेश विष्टले सर्वप्रथम त नेपाल बार एशोसिएसनको स्थापना काल देखिको इतिहास,भूमिका दायित्व र जिम्मेवारीका विषयमा चर्चा गर्दै स्वतन्त्र न्यायपालिका भित्र हुने विकृति विसंगती,न्यायालय विरोधी गतिविधि लाई रोक्दै निष्पक्ष र दूरदर्शी न्यायालय बनाउन बारको भूमिका रहने बताए ।
सम्पूर्ण कानुन व्यवसायिहरुको साझा संगठन बारले सबै कानुन क्षेत्रमा आवद्धहरुको पेसागत सुनिश्चितता, व्यवसायिक आचार संहिता पालना,कानुनी क्षेत्रको मर्यादा र गरिमालाई उच्च स्थान दिन क्षमता वृद्धि विकास तालिम,पारिश्रमिक र न्यायालयमा आउने सबैखाले चुनौती लगायत अन्य विभिन्न विषयमा बार एशोसिएसनको महत्वपूर्ण भूमिका निभाउदै आएको उपाध्यक्ष विष्टले बताए ।
अन्तरक्रियामा सहभागि अर्का वक्ता दिपायल उच्च अदालत कञ्चनपुर इजलासका अध्यक्ष यज्ञराज जोशीले विद्यार्थीलाई केन्द्रित गर्दै तपाईंहरुको यो समय भनेको मुख्य गरी आफ्नो पढाइ प्रति रुचिका साथ मेहिनेती र परिश्रमी भएर लाग्ने समय भएको बताउँदै आफ्नो विषयवस्तु र पढाइलाई मुख्य केन्द्र बिन्दु बनाउन प्रेरित गर्नु भयो । कानुनी ज्ञान जीवनमा अपरिहार्य रहेको अध्यक्ष जोशीले औंल्याएका थिए ।
त्यसै गरी अतिथिका रुपमा रहेकी अधिवक्ता तथा सुदुरपश्चिम विश्वविद्यालयमा अध्यापन गरिरहनु भएकी सीमा धामीले द्यब् ीीद्य मा अध्यनरत हाम्रा विद्यार्थीहरूको शैक्षिक गुणस्तर र विषयवस्तु संग सम्बन्धित क्षमता अभिवृद्धि गर्न,काम गर्ने क्षेत्र – कार्य सीमा विचार दृष्टिकोण र सैद्धान्तिक ज्ञान बीचको एकरूपता ल्याउन सहज वातावरण मिलाउन आवश्यक सहयोग गर्न बारलाई आग्रह गर्नु भएको थियो । कानुनका विद्यार्थीहरुले सभ्य समाज निर्माणका लागि अरूको भन्दा छुट्टै भूमिका निर्वाह गर्नुपर्ने कुरामा उहाँको जोड थियो ।कञ्चनपुर जिल्ला अदालत बार एशोसिएसनका अध्यक्ष कृष्णदेव जोशीको अध्यक्षता भएको उक्त जिल्ला बारका पदाधिकारी,सदस्य र सुदुरपश्चिम विश्वविद्यालय विए एलएलबि दोस्रो सेमेस्टरमा अध्यनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो ।