कञ्चनपुर , स्थानीय तहको निर्वाचन नजिकिएसंगै सुदुरपश्चिम प्रदेशमा पनि चुनावको चहलपहल बढ्दै गएको छ । विभिन्न राजनीतिक दलहरुले आफ्नो पक्षमा नतिजा पार्नका लागि विभिन्न कार्यहरु गर्न थालेका छन् । केन्द्रस्तरबाट नेताहरु परिचालन गर्ने देखि लिएर सभा सम्मेलनहरुको आयोजना गर्नमा राजनीतिक दलहरु सक्रिय हुन थालेका छन् ।

स्थानीय तहको निर्वाचन आउन अब झण्डै ३६ दिन बाकी रहेका बेला सुदुरपश्चिम प्रदेशमा पनि चुवानी माहोल बन्दै गई रहेको छ । यसैविच सुदुरपश्चिम प्रदेशको पहाडी जिल्ला दार्चुलामा पनि स्थानीय तहको निर्वाचनका लागि तयारी भई रहेको जिल्ला निर्वाचन कार्यालय दार्चुलाले जनाएको छ ।

जिल्ला निर्वाचन कार्यालय दार्चुलाका प्रमुख निर्वाचन अधिकारी प्रदीपसिंह धामीले जिल्ला निर्वाचन कार्यालय दार्चुलाले मतदान केन्द्र, मतदान स्थलको व्यवस्थापनदेखि लिएर विभिन्न क्रियाकलापहरु गरी रहेको बताउनु भयो । जिल्ला निर्वाचन कार्यालय दार्चुलाले जिल्ला प्रशासन कार्यालय दार्चुला, स्थानीय तहहरु, सुरक्षा प्रशासनसंग समन्वय गरी रहेको जिल्ला निर्वाचन कार्यालय दार्चुलाका प्रमुख निर्वाचन अधिकारी प्रदीपसिंह धामीले बताउनु भयो ।

साथै उहाले निर्वाचन आयोगले जारी गरेको आचारसंहिताको पुर्ण रुपमा कार्यान्वयन गर्नका लागि आफुहरुले विभिन्न तयारी गरी रहेको बताउनु भयो । दार्चुला जिल्ला नेपालका दुई ठुला छिमेकी राष्ट्रहरु भारत र चीनसंग सीमा जोडिएको जिल्ला समेत भएकाले आफुहरुले सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राखेर स्थानीय तहको चुनावको तयारी गरी रहेको । जिल्ला निर्वाचन कार्यालय दार्चुलाका प्रमुख निर्वाचन अधिकारी प्रदीपसिंह धामीले बताउनु भयो ।

प्रतिक्रिया दिनुस