कञ्चनपुर , पछिल्लो समय कञ्चनपुरमा लागु पदार्थको कारोबारमा संलग्न हुनेहरुको संख्या बढ्दै गएको छ । यसैविच कञ्चनपुरमा लागु औषध चरेश र ट्याब्लेट सहित ३ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत ईलाका प्रहरी कार्यालय गड्डाचौकीबाट प्रहरी नायब निरीक्षक बहादुर सिह धामीको कमाण्डमा खटिईएको प्रहरी टोलीले तीन जनालाई लागु औषध सहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ११ भुजेला खोलामा निर्माणाधिन पुल स्थित बसिरहेका भीमदत्त नगरपालिका वडा नम्बर ११ बस्ने बर्ष २३ का महेश गिरी, सोही ठाउ बस्ने २१ वर्षका बिष्णु पाठक र २२ वर्षका आशिष गिरी रहेका छन् ।
ती तीन जनलाई शंका लागी चेकजाँच गर्दा निजहरुको साथबाट खल्तिभित्र सेतो कागजमा लुकाई छिपाई गरि राखेको ३ पिस शुद्ध तोल गर्दा १९.५ ग्राम लागु औषध (चरेश) , प्रि ग्याब्लिक क्याप्सुल ६ पिस र ईन्ट्रिकफ ट्याप्लेट १४ पिस फेला पारी निजहरु तीन जनालाई पक्राउ गरी कानून बमोजिम थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्र बहादुर शाहले जानकारी दिनु भयो ।