काठमाण्डौँ । जनता समाजवादी पार्टी(जसपा) सुदूरपश्चिम प्रदेशमा पहिरो गएको छ । जसपा सुदूरपश्चिम प्रदेशका अध्यक्ष कृष्ण कुमार चौधरी(कुण्दन) सहितको सिङ्गो जसपा टिम माओवादी केन्द्रमा प्रवेस गरेको हो । जसपा सुदूरपश्चिका प्रदेश अध्यक्ष चौधरी सहितका नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेस गरेका छन ।

मंगलबार राजधानी काठमाण्डौँमा एक कार्यक्रमका विच जसपा सुप प्रदेशका अध्यक्ष चौधरी, केन्द्रीय सदस्य माया नेगी, प्रदेशका नेताहरु पशुपती चौधरी, गंगा चौधरी, पुरन साउद सहितका नेताहरु माओवादी केन्द्रमा प्रवेस गरेका हुन ।

नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशका इन्चार्ज खगराज भट्टले सुप प्रदेशमा माअ‍ोवादी केन्द्रमा जसपा नेता कार्यकर्ता प्रवेस नभई पाटी समाहित भएको बताए । ‘यो कुनै प्रवेस होईन, उहाँहरु पहिलेदेखि नै माओवादी नेता कार्यकर्ता नै हुन, ‘अहिले जसपा माओवादीमा समाहित भएको हो ।

चौधरी, नेगी सहितका सबै पुर्व माओवादी नेता कार्यकर्ता थिए । उनीहरु पुन माओवादीमै फर्किएका छन । ०७२ सालमा माओवादी बरिष्ठ नेता डा. बाबुराम भट्टराईले पाटी परित्याग गरेर नयाँ शक्ति हुँदै मधेशवादी दलमा पाटी एकिकरण गरेका थिए ।

सुदूरपश्चिममा बाबुराम भट्टराईकै विश्वासिता नेता कार्यकर्ताले बाबुरामको साथ छाड्न थालेपछि जसपा बाबुराम पक्ष सुन्यतातर्फ गईरहेको छ । जसपा केन्द्रीय सदस्य माया नेगीले अहिले सुप प्रदेश पाटी माओवादीमा समाहित भएको र पछि वडा स्तरको जसपा टिम माओवादीमा स्वत समाहित हुने बताईन ।

प्रतिक्रिया दिनुस