कञ्चनपुर चैत्र २९ । अमेरिकी दुतावास अगाडि हामी युक्रेनको पक्षमा छौँ भनेर लगाएको बोर्ड हटाउन युवा संगठन नेपालले माग गरेको छ । रुस र युक्रेन बिचको युद्ध च्रकिएको बेला नेपाल सरकार अन्तर्गत अमेरिकी दुतावास अगाडि हामी युक्रेनको पक्षमा छौँभनेर लगाईएको बोर्ड हटाउन विप्लव नेतृत्वको युवा संगठन नेपालले कञ्चनपुर जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री कार्यलयलाई ध्यानाकर्षण पत्रबुझाएको छ ।नेकपा विप्लव नेतृत्वको युवा संगठन नेपालले कञ्चनपुर लगायत देशैभरीबाट प्रधानमन्त्री कार्यलयलाई पत्र बुझाउने कार्यक्रम रहेको कुयुवा संगठन नेपाल कञ्चनपुर जिल्ला उपाध्यक्ष दिपेन्द्र सिह ऐरीले बताए ।

प्रतिक्रिया दिनुस