कञ्चनपुर । कञ्चनपुरका विद्यार्थी नेता दल बहादुर धामी(अबिरल) बेदकोट नगरपालिका १ वडाध्यक्षका लागि नेकपा माओवादी केन्द्रबाट सर्वसम्मत सिफारिस भएका छन ।

आगामी बैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि बेदकोट १ बाट विद्यार्थी नेता धामी सर्वसम्मत सिफारिस भएका हुन ।

नेकपा माओवादी केन्द्र बेदकोट नगरपालिका १ वडा कमिटिले धामीलाई अध्यक्षमा उम्मेदवार बनाउन सिफारिस गरेको हो । अखिल क्रान्तिकारी कञ्चनपुरका कार्यालय सदस्य तथा माओवादी केन्द्र बेदकोट नगर सदस्य समेत रहेका धामी एक दशकदेखि विद्यार्थी आन्दोलनमा सकृय छन । वडाध्यक्षमा धामी सहित वडा सदस्यका लागि हिरा भण्डारी, माधवी साउद(धानुक), डम्बरा ओड, डम्बर विष्ट सर्वसम्मत सिफारिस भएका छन । माओवादी केन्द बेदकोट नगरपालिका १बाट वडाध्यक्षका लागि सिफारिस भएका विद्यार्थी नेता धामीले पार्टीले दिएको जिम्मेबारी निर्भिकताका साथ पुरा गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

प्रतिक्रिया दिनुस