कञ्चनपुर चैत्र ३० । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका  वडा नम्बर १ को अध्यक्षमा नेकपा एकीकृत समाजवादी पार्टीबाट मदनबहादुर बिष्ट उम्मेदवार बन्ने चर्चा चलेको छ  ।

सुदूरपश्चिम सरकारका पूर्व सामाजिक विकास मन्त्री लालबहादुर खड्काका स्वकीय सचिव समेत रहेका बिष्टलाई बुधवार शक्लाफाँटा नगर कमिटीले उम्मेदवार बनाउन सिफारिस गरेको बताए ।

बिष्ट नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियू केन्द्रिय सदस्य तथा शुक्लाफाँटा नगर सचिवालय सदस्य समेत रहेका छन  । त्यस्तै नेकपा एकीकृत समाजवादीबाट शुल्लाफाँटा नगरपालिका १ को  वडा अध्यक्षमा अर्का उमेदवार  एमालेबाट निर्वाचित हरिश बिष्ट पनि उमेदवार हुने सम्भावना समेत रहेको । एमाले छोडेर सामाजवदी   पार्टीमा सक्रिय भएर लागेका अध्यक्ष हरिश बिष्ट फेरी समाजवादीले उमेदवार बनाउने पनि चर्चा चलेको छ ।

प्रतिक्रिया दिनुस