काठमाडौं। सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले ३ करोड ९५ लाख ३३ हजार ६ सय रुपैयाँ बराबरको आईपीओ जारी गरेको हो। प्रतिकित्ता १०० अंकित मूल्यका दरले ३ लाख ९५ हजार ३३६ कित्ता साधारण सेयर नेष्काशन खुला गरेको हो।

यो मध्ये ५ प्रतिशत अर्थात् १९ हजार ७६६ कित्ता सामूहिक लगानी कोष र ०।५ प्रतिशत अर्थात् ६ हजार ८२ कित्ता कर्मचारीहरुका लागि छट्याइएको छ। बाँकी ३ लाख ६९ हजार ४८८ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। लगानीकर्ताहरुले छिटोमा वैशाख ६ र ढिलोको वैशाख १६ गते आवेदन दिन सक्ने कम्पनीले जनाएको छ। लगानीकर्ताले न्युनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशन तथा बिक्री प्रबन्ध ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ। इच्छुक आवेदकले सी९आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर वेबसाइट तथा एपमार्फत् आवेदन दिन सक्नेछन्। हाल लघुवित्तको चुक्ता पूँजी ८ करोड २१ लाख ८ हजार २४० रुपैयाँ छ। आईपीओ बाँडफाँटपछि लघुवित्तको चुक्ता पूँजी १२ करोड १६ लाख ४१ हजार ८४० रुपैयाँ पुग्ने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुस