कञ्चनपुर बैशाख ,२ । स्थानिय तहको चुवाव आउन २८ दिन बाकि रहेको छ । स्थानिय तहको चुवाव चुनाव आयो तर किसानको धान क्षेतीभएको राहात रकम अझै आएनको छैन । सरकारले स्थानिय तहको चुनावमा ९ देखी १० अर्ब रूपैयाँ बजेट  खर्च गर्न लागेको छ ।  असोज महिनामा परेको अविरल बर्षाले बगाएको धान र खेतमैवारी भिजेर नष्ट भएको किसानहरुको  धान क्षेतीको राहात अझै पाएका छैनन् । धान क्षेतीको राहात पाउने आशा बोकेका किसानलाई राहात पाउन कति समय लाग्छ कति पाईन्छ भन्ने अझै अत्तो पत्तो लागेको छैन ।

किसाको धान क्षेतीको विवरण प्रतेक स्थानिय तहको वार्ड कार्यालयको मातहतमा क्षेती भएको धानको लगत संकलन गरेर नगरपालिका विवरण पठाएको ६ महिना बिति सक्दा पनि किसानले धानको क्षेतीको राहात पाउने पत्तो लागेको छैन । प्रतेक नगरपालिका गाँउपालिकाले धान क्षेती भएका किसानहरुको राहात रकम खातामा जम्मा हुने भनेर किसानलाई बैंक खाता खोल्न लगाएको पनि चार महिना पुगेको छ । किसानले धान क्षेतीको राहात रकम अझैे पनि कहिले पाउने टुङ्गो लाग्न सकेको छैन ।

शुक्लाफाँटा नगर पालिका कार्यालय प्रमुख प्रशासकिय अधिकृत टिकेन्द्र प्रसाद भट्ट भने बर्षाले बगाएको धानको लगत संकलन कार्य गरेर किसानको बैंक खाता समेत खोलेर जिल्ला प्रशासन कार्यालय पठाएको बताए ।  जिल्ला प्रशासन कार्यालयमा विपत व्यवस्थापन समितिले विपतको राहात दिने प्राधान रहेकोले कैलाली र कञ्चनपुरमा धान क्षेतीको राहात दिन ६० करोडको रकम आवश्यक रहेको भए पनि केन्द्र सरकारबाट १० करोड रकम उपलब्ध भएकोले किसानले कति रकम राहात पाउँछन  भन्ने बारेमा हामिलाई पनि थाहा नभएको अधिकृत भट्टले बताउनुभयो । जिल्ला प्रशासन कार्यालयलाई किसानको क्षेतीको विवरण पठाएको बताए ।


वेदकोट नगरपालिका वार्ड ८ किसान निर्मला मडौले भने धानको क्षेती भएका प्रतेक किसानले  ५०० देखी १०० रुपँया सम्म राहात पाउने आसले खर्च गरेको बताए ।उनले भने  चुनाव आयो किसानको धान क्षेतीको राहात अझै आएन राहात पाईन्छ भन्ने आस किसानले अझै राखेको भए पनि कति राहात रकम पाईन्छ भन्ने पत्तो छैन किसानलाई धान क्षेतीको राहात पाईन्छ भनेर जनप्रतिनिधिले ठगेको बताए । उन्ले भने चुनाव आउनु भन्दा पहिले धान क्षतिको राहात नपाए किसान आन्दोलन गर्ने तयारीमा रहेको उन्ले बताए ।

सहायक प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारीले भने किसानलाइ राहात दिनका  लागि प्रकृया भइरहेको छ मापदन्ड अनुसार सरकारले राहात दिने निर्णय भएकाले  नगरपालिका र गाउँपालिकाले आवश्यक काकजात नपठाएकोले ढिला हुन पुगेको बताए ।  नगरपालिका र गाउँपालिकालाई धान क्षेती भएका किसानको नागरिता प्रतिलिपि ,पुर्जा, स्थानिय सिफारिस लगायतका काजग छिटो पठाउन बैठकमा जानकारी गराएको भए पनि आवश्यक काकजपत्र नपठाएको उन्ले बताए । आवश्क कागजात नगरपालिका र गाउँपालिकाबाट नआउदा पहिलो  ६० दिने सूचना भित्र राहात दिईसक्नु पर्ने म्याद सकिएको बताए ।   म्याद थपका पत्र पठाएको छ म्याद थपको सूचना आए पछि नगरपालिका र गाउँपालिकाबाट आवश्यक काकजपत्र आए पछि  बैंक मार्फत बाट किसानलाई राहता भुक्तानी दिने सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए ।

प्रतिक्रिया दिनुस