कञ्चनपुर , बैशाख ,०३ । नेकपा माओवादी केन्द्रले डिलाशैनी गाँउपालिमा स्थानिय तहको चुनाव प्रचार प्रसारका लागि पार्टी कार्यालय धामीगाउँ खोलेको छ । स्थानिय तहको चुनाव गतिविधि प्रचारकालागि नेकपा एमाले ,नेपाली कांग्रेस लगायत अन्य दलले पार्टी कार्यालय गोकुलेश्वर ,पंसेरा लगायत ठाउँमा सञ्चालन गरेको भए पनि माओवादी केन्द्रले डिलाशैनी गाँउपालिकाको केन्द्र सिफारिस गरिएको ठाउँ डिलाशैनी ७ धामीगाउँमा सनिवार कार्यालय उद्धघाटन गरेर चुनावी गतिविधि सञ्चालन गरिएको छ ।

सनिवार पार्टी कार्यालयको उद्धघाटन गर्दै माओवादी केन्द्रका युवा नेता तथा डिलाशैनी गाउँपालिका अध्यक्षका प्रत्यासी लक्ष्मी प्रसाद जोशीले डिलाशैनी गाउँपालिकाको केन्द्र धामीगाँउमा बनाएर छाड्ने घोषणा गरेका छन । युवा नेता जोशीले आफु योग्य र सक्षम , जनताको भावना अनुसार जनताको काम गर्न आएकोले  चुनावमा भोट दिएर जिताउन डिलाशैनीका जनतालाइ अपिल गरेका छन ।

डिलाशैनी गाउँपालिकाको केन्द्र बिवाद कायमै रहेको छ जोशी गाँउपालिकाको केन्द्रका लागि बिगतदेखि आन्दोलनमा सक्रिय रहेका छन । डिलाशैनी गाउँपालिकाको केन्द्र बिवाद हुदाँ अहिले सम्म वार्ड कार्यालय भवन गाँउपालिकाको प्रशासकिय भवन लगायतका विकास निर्माणका काम हुन सकेका छैनन् ।

नेकपा माओवादी केन्द्रले डिलाशैनी गाउँपालिकामा चुनाव जित्ने आँकलन गरेको छ । सरकारमा रहेका दलहरूमा गठबन्धन हुने वा नहुने दोधारको अवस्थाले माओवादी केन्द्रले डिलाशैनी गाँउपालिकाको अध्यक्षको उमेदवार टुङ्गो लगाएको छैन ।  योग्य र सक्षम , जनताको भावना बुझ्ने गाउँपालिको समग्र विकास गर्न सक्ने उमेदवार लाइ भोट दिने मनसाय डिलाशैनीका जनताको रहेको छ ।

प्रतिक्रिया दिनुस