कञ्चनपुर, बैशाख ०३ । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर २ ले आर्थिक वर्ष २०७४/७५ देखि २०७८/७९ सम्म गरेका उपलब्धिहरु सार्वजनिक गरेको छ । शनिवार पत्रकार सम्मलेनको आयोजना गरी कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर २ को आर्थिक वर्ष २०७४/७५ देखि २०७८/७९ सम्मका प्रमुख उपलब्धिहरु सार्वजनिक गरिएका हुन् ।

भीमदत्त नगरपालिका वडा नम्बर २ को आर्थिक वर्ष २०७४/७५ देखि २०७८/७९ सम्मका प्रमुख उपलब्धिहरु सार्वजनिक गर्दै भीमदत्त नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष डम्मरसिंह कार्कीले वडाको विकासका लागि सक्दो पहल गरेको बताउनुभयो ।

पुर्वाधार विकास तर्फ भीमदत्त नगरपालिका वडा नम्बर २ को मुख्य तथा मुल सडकको कुल ९ किलोमिटर सडक कालोपत्रे गर्ने कार्य सम्पन्न भएको, वडाको कच्ची सडकमध्ये कुल ३० किलोमिटर बाटो ग्राभेल र ४ किलोमिटर बाटो पानीपिच गरिएको, भासी कांगला पुलदेखि भीमदत्त नगरपालिका वडा नम्बर १९ को सीमानासम्म ८ किलोमिटर ट्रयाक खोल्ने कार्य सम्पन्न भएको, वडा कार्यालयको भवन निर्माण गरिएको लगायतका कार्यलाई प्रमुख उपलब्धिका रुपमा लिइएको छ ।

यस्तै खानेपानी, पुल निर्माण, कल्भर्ड निर्माण, सिचाई बोरिङका लागि सिफारिस गरिएका लगायत कार्यहरुलाई आर्थिक विकास अन्र्तगत गरिएका मुख्य कार्यका रुपमा लिइएको छ । यसैगरी भीमदत्त नगरपालिका वडा नम्बर २ ले पुर्वाधारदेखि वडाका विपन्न नागरिकलाई दक्ष बनाउने सिप सिकाएको छ । भीमदत्त नगरपालिका वडा नम्बर २ मा भौतिक पुर्वाधार, स्वास्थ्य शिक्षा, यातायात, खानेपानी, कृषि, श्रमसीप लगायतका क्षेत्रमा उपलब्धी भएका छन् । ५५ स्थानमा ह्युमपाईप निर्माण, ९ कल्वड निर्माण, बेदकोट ९ जोड्ने कनकट्टी खोलामा पुल निर्माण ठेक्का प्रकृयामा रहेको छ ।

प्रतिक्रिया दिनुस