कञ्चनपुर बैशाख, ०३ । एनएमबि बैंकले बैशाख ३ गते शनिवारका दिन एनएमबि बैंक झलारी ,दैजी र कञ्चनपुर शाखाले नवौं हेरिटेज वाक कार्यक्रम गरेको छ । दैजी बजार र महेन्द्रनगर बजार क्षेत्रमा प्रभातफेरि कार्यक्रम गरि लिङ्गा तथा बैजनाथ धाम मन्दिर पुगेर कार्यक्रम सम्पन्न गरेको छ। प्रभात फेरी संगै हेरिटेज कार्यक्रम लिङ्गा र बैजनाथ मन्दिर परिसर भित्र सरसफाई गरि डस्टविन हस्तान्तरण गरेको छ । प्रभातफेरि कार्यक्रम गरि लिङ्गामा सरसफाइ गर्दै डस्टविन हस्तान्तरण गरेको एनएमबि बैंक दैजी शाखाका कर्जा बिभाग प्रमुख अम्मर बहादुर बिष्टले जानकारी दिनुभयो । उक्त हेरिटेज वाक कोभिड १९ को प्रकोप पश्चात २ वर्ष पछि आयोजना गरिएको हो ।
समृद्ध नेपालको अपार सम्भावना सहित मुलुकको ऐतिहासिक तथा सामाजिक रुपान्तरणको लागी सांस्कृतिक सम्पदा प्रवद्र्धन तथा साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको एनएमबि बैंकले जनाएको छ । सोही प्रकारको कार्यक्रम प्रदेश १, २, ३, ४, ५ र ६ ,७ मा रहेका सबै शाखाले समेत गरीएको छ ।
उक्त हेरिटेज वाकमा साँस्कृतिक सम्पदालाई आफ्नो बच्चालाई जत्तिनै माया गरौं, यो मेरो साँस्कृतिक सम्पदा हो यसलाई म सफा राख्छु,साँस्कृतिक सम्पदा संरक्षण भावी सन्ततीको लागी मार्गदर्शन, अतिथीको सम्मानार्थ साँस्कृतिक सम्पदाको जगेर्ना, A Nation’s Heritage resides in the Heart and soul of its People, We stand together to preserve our Heritage लगायतका नारा अंकित प्ले कार्डहरु थियो ।
विगत २६ वर्ष देखी अनवरत रुपमा बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजत पत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो । एनएमबि बैंक द फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाबाट एसियाकै सर्वाेत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ द ईयर एसिया २०२१’ अवार्डबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ मा पनि नेपालकैे उत्कृष्ट बैंकको सम्मान ‘बैंक अफ द इयर नेपाल’ प्राप्त गरिसकेको छ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३९ एटीएमहरू, ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ