कञ्चनपुर । एमालेमा अपमान भएको भन्दै पुर्व माओवादी नेता कार्यकर्ता धमाधम माओवादी केन्द्रमा फर्किन लागेका छन । नेकपा हुँदा ओली खेमामा देखिएका केही नेता कार्यकर्ता नेकपा फुट्दा एमालेतिरै लागेका थिए । अहिले एमालेमा रहेका कञ्चनपुरका केही पुर्व माओवादी नेता कार्यकर्ता धमाधम माओवादी केन्द्रमै फर्किरहेका छन । नेकपा माओवादी केन्द्र कञ्चनपुरका युवा नेता दिपक तिमिल्सेनाले माओवादी केन्द्रमा जिल्लाका विभिन्न स्थानबाट प्रवेसको लहर बढेको बताए ।

उनका अनुसार एमाले प्रवेस गरेका पुर्व माओवादी नेता कार्यकर्ता, काँग्रेस, एमाले, राप्रपा सहितका दलहरुबाट फर्किरहेका छन । नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य तथा पुर्वखानेपानीमन्त्री बिना मगरले पुनर्वास, बेलडाँडी, बेलौरी,लालझाडी क्षेत्रबाट विभिन्न पाटी परित्याग गरेर माओवादी प्रवेस गर्ने सयौँ नेता कार्यकर्तालाई स्वागत गरेकी छिन । एमाले प्रवेस गरेका कञ्चनपुरका पुर्व माओवादी पदम सुनारले एमालेमा अपमान भएको भन्दै आफ्नै पाटीमा फर्किएको बताएका छन ।

सुनारले एमाले प्रवेस गरेका अधिकाँस नेता कार्यकर्ता पश्चात भएका छन । ‘आफ्नो घर छाडेर अर्काको घरमा जाँदा शुरु शुरु दिनका पाहुना अर्थात ज्वाँई जस्तो स्वागत हुन्छ, ‘उनले भने, ‘समय वित्दै गएपछि अपहेलना भएजस्तै अवस्था एमालेमा प्रवेस गरेका पुर्व माओवादीको भएको छ ।’

माओवादीमा राम्रो जिम्मेबारीमा रहेका केही नेता कार्यकर्ता पराजित भए्र पनि एमालेकै नेता कार्यकर्ताबाट विभिन्न क्षेत्रबाट अपहेलित भईरहेको सुनारको अनुभव छ । ‘लामो समय जनयुद्धमा होमिएका पाटी र जनताका लागि त्याग गरेका नेता कार्यकर्ताले एकाएक एमालेतिर लागेर जनयुद्ध क्रान्ति भुल्नुभन्दा पाटीमै फर्किर काम गर्नुपर्छ, ‘उनले भने, ‘पाटी बनाउन अर्काको पाटीमा प्रवेस गरेर होईन आफ्नैमा बिग्रीएको विषय सपार्ने हो ।’

सुनारले अहिले पार्टीमै टिकाउन केहीलाई जिम्मेबारी दिएपनि चुनाव जित्ने ठाँउमा आफ्नालाई हार्ने ठाँउमा पुर्व माओवादी नेता कार्यकर्ताहरुलाई टिकट दिने बताए ।जिवनभर अपमान सहेर बस्नु भन्दा पाटीमै फर्किन उनले आग्रह गरेका छन । माअ‍ोवादीमा छाती चौडा गरेर काम गर्र्ने माओवादी त्यहाँ खुच्चिएकाले आफु आत्म समिक्षा सहित पाटीमै फर्किएको सुनारको अनुभव छ ।

प्रतिक्रिया दिनुस