माधव भट्ट, कञ्चनपुर ,  बैशाख ०४। कञ्चनपुरको कलुवापुर वेलौरी सडक धुलाम्मे हुदाँ स्थानिय आक्रोसित भएर आन्दोलनमा उत्रेका छन । कलुवापुर देखि चित्रापुर सम्मको पक्की सडक हुन बाकिँ रहेको ४ किलोमिटर सडक धुलाम्मे ,धुलोले गर्दा स्थानियले सास्ति खेप्नुपरेको छ ।

सन्तोसि थेगिम एन्ड जेवीले पक्की सडक बनाउन ठेक्का पाएको ५ बर्ष बितिसक्दा समेत सडक पिच गर्न सकेको छैन । ठेकेदार र प्रदेश सरकारको लापर्बाहीले गर्दा स्थानियले हिउँद र बर्षादमा दुख पाएका छन ।

समयमै पिच सम्पन्न गर्न र तत्काल प्रतेक दिन सडकमा पानी हाल्नुपर्ने माग राखेर कलुवापुका व्यापारी र स्थानिय अटो चालक बिहानै देखि सडक बन्द गरेर आन्दोलन गरेका छन । ठेकेदारले सहमति नगरेर सम्म कुनै पनि सवारी साधन चल्न नदिने अडानमा रहेका छन ।

ठेकेदार प्रतिनिधि नारायणले भने यस बर्ष बजेट अभाव लगायत सडकको बेस तत्काल बनाएकोले बेस राम्ररी नबसेकोले यो बर्ष पक्की सडक बिचको  काम नहुने बताए । उन्ले भने पानी हाल्नका लागि केहि देन देखि कृष्ण सामुदायिक बनको टेक्टरलाइ जिम्मा दिएको र केहि कारणले पानी हाल्न आनाकानी गरेको हुदाँ तत्काल हामिले पानी हाल्न ट्याकर पठाएकोले केहि समयमा पानी हालेर सहज गर्न बताए ।

प्रतिक्रिया दिनुस