कञ्चनपुर । हुने आशन्न स्थानीय तहको निर्वाचनका लागि नेपाली काँग्रेसबाट कञ्चनपुरको बेलडाँडी गाँउपालिका प्रमुख पदमा युवा नेता जनक सिह धामीको चर्चा चलेको छ ।

चुनाव जित्नका लागि काँग्रेस स्थानीयदेखि जिल्लाका नेताहरुले युवा नेता धामीलाई टिकट दिन दवाव दिईरहेका छन । चुनाव जित्नका लागि युवा नेतालाई जिम्मेबारी दिनुपर्ने माग सहित कार्यकर्ताहरुले शिर्ष नेताहरुलाई निरन्तर दवाव दिईरहेका छन ।

काँग्रेस नेताहरुले अघिल्लो निर्वाचनमा टिकट एकलौटी समुदाय भेग नमिलाउँदा जित्ने चुनाव हारेको भन्दै यस पटक गल्ती नदोहो¥याउन नेताहरुको ध्यानाकर्षण गराईरहेका छन ।

युवा नेता धामी नेपाली काँग्रेस कञ्चनपुरका गतिशिल, ईमान्दार र कर्तव्यनिष्ठ नेताका रुपमा परिचित प्रतिबिम्ब हुन । तीन दशकदेखि काँग्रेसमा राजनीतिक गर्दै आएका धामी यतिबेला बेलडाँडी गाँउ प्रमुखका लागि प्रबल दाबेदारका रुपमा हेरिएका छन ।

उनको लोकप्रियता एव लगनशिलताका कारण काँग्रेस मात्र नभई जनतामाँझ पनि धामी परिचित छन । गत बर्ष १४ औँ महाधिवेशनमा क्षेत्र नम्बर १ बाट एनपी साउद दिवान पक्षको संयुक्त प्यानलसंग उनी रमेश लेखक प्यानबाट महाधिवेशन सदस्य चुनावी मैदानमा होमिएका थिए ।

महाधिवेशन सदस्य निर्वाचित भएपनि अन्तरघात हुँदा सचिवमा उनी विजयी हुन सकेनन । ०४५ साल किशोरा अवस्थादेखि काँग्रेस राजनीतिमा होमिएका नेता धामीले ०४६ सालको जनआन्दोलनमा समेत जेल परेका थिए । राजनीतिक संघर्षमा होमिएका धामीले जेलनेलदेखि थुप्रै संघर्ष गरेका थिए ।

०४५ मा नेवि संघबाट राजनीतिक यात्रा तय गरेका धामी, ०६४ जनआन्दोलनमा जेल, ०४९ मा सिद्धनाथ बुहुमुखी क्याम्पस नेवि संघ इकाई अध्यक्ष, ०४९ मा सोही क्याम्पस नेवि संघबाट स्ववियू सभापतिका उम्मेदवार बनेका थिए ।

०४९ देखि ०५१ सम्म नेवि संघ कञ्चनपुर सचिव, ०५१ देखि ०५३ नेपाल शिक्षक संघ कञ्चनपुर सचिव, ०५५ सुकुमबासी आयोगमा काँग्रेसका तर्फबाट जिल्ला सदस्य, ०५६ मा आम निर्वाचन हुँदा केन्द्रीय पर्यवेक्षकको रुपमा दार्चुला खटिए ।

०५८ सालमा काँग्रेस क्षेत्र नम्बर २ को उप सभापति, ०५९ क्षेत्रीय सभापति, ०७२ सालमा १३ औँ महाधिवेशनबाट कञ्चनपुर जिल्ला सदस्यमा निर्वाचित भए ।

तत्तकालिन अवस्थामा जिल्ला सदस्य रहेका धामीलाई पार्टीले प्रशासन विभाग संयोजकको समेत जिम्मेबारी दिएको थियो । धामीले किशोरा अवस्थादेखि युवासम्म निरन्तर पार्टीका विभिन्न मोर्चा सम्हालेका छन ।

तर,पनि पार्टी उनलाई थप जिम्मेबारी भने दिएको छैन । नेपाली काँग्रेसबाट बेलडाँडी प्रमुखका लागि प्रबल दाबेदार देखिएका युवा नेता धामीलाई के तपाईको पार्टीले चुनावका टिकट देला ? भन्ने प्रशनमा धामीले पाटीले अवश्य मुल्याङकन गर्ने बताए ।

‘मेरो पाटीमा योगदान, भूमिका एव नेता कार्यकर्ता एव आम जनताको चाहना अनुरुप मलाई पार्टीले जिम्मेबारी दिने विश्वास छ ।’ नयाँ पुस्ता र पाटीमा लामो समयदेखि काम गर्दै आएका नेता कार्यकर्ताहरुको उचित मुल्याङ्गकन हुने आफुलाई आशा भएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुस