कञ्चनपुर, बैशाख ,४ । नेकपा क्रान्तिकारी माओवादीका केन्द्रिय सल्लाहाकार कुलराज ज्ञवाली गम्भीरको तेह्रौ दिनको पुन्य तिथिमा श्रद्धाञ्जली सभा कार्यक्रम गरिएको छ । नेकपा क्रान्तिकारी माओवादी महासचिव मोहन वैद्य किरणको प्रमुख आतिथ्यतामा सल्लाहाकार कुलराज ज्ञवाली श्रद्धाञ्जली सभा सम्मपन्न गरिएको छ ।

नेकपा क्रान्तिकारी माओवादी सल्लाहाकार कुलराज ज्ञवालीको श्रद्धाञ्जली सभा कार्यक्रममा बोल्दै महासचिव मोहन बैद्य किरणले सल्लाहकार कुलराज ज्ञवाली गम्भीरको दुखद निधनले बामपन्थी आन्दोलन र नेकपा क्रान्तिकारी पार्टीमा ठुलो क्षति भएको बताए ।

लामो समय कम्युनिष्ट आन्दोलनमा लागेका बामपन्थी आन्दोलनका खम्बा गम्भीर प्रति भावपुर्ण हार्दिक श्रद्धाजली व्यक्त गर्दै किरणले भने पार्टीमा अतुलनिय क्षेति भएको बताए ।

 

नेकपा क्रान्तिकारी माओवादी सल्लाहाकार कुलराज ज्ञवाली गम्भीर प्रति श्रद्धाञ्जली व्यक्त गर्दै फोटोमा फूल चढाएर सोक व्यक्त गरेका छन । नेकपा क्रान्तिकारी माओवादी सल्लाहाकार कुलराज ज्ञवाली श्रद्धाञ्जली सभामा क्रान्तिकारी माओवादीका प्रवक्ता हरिभक्त कँडेल प्रतिक, क्रान्तिकारी माओवादी केन्द्रिय सदस्य डायमन्ड , हरि सुवेदी, रूद्र कँडेल , सुदुरपश्चिम प्रदेस सेक्रेटरी तथा केन्द्रिय सदस्य राम बहादुर महरा , नेकपा क्रान्तिकारी माओवादी कञ्चनपुर जिल्ला सेक्रेटरी  कैलाश जैशी , देजमो सुदुरपश्चिम प्रदेश अध्यक्ष तथा केन्द्रिय सदस्य बिष्णु राम दमाई, अखिल क्रान्तिकारीका सुदुरपश्चिम प्रदेश संयोजक तथा केन्द्रिय सदस्य पुष्कर जोशी कैलाली जिल्ला सेक्रेटरी लगायत जन वर्गिय संगठनका नेता तथा क्रान्तिकारी माओवादीका नेता कार्यकर्ताको उपस्थित रहेका थिए ।

नेकपा क्रान्तिकारी माओवादी सल्लाहाकार कुलराज ज्ञवाली गम्भीर को आफ्नै निवासमा हृदय घात भएर असमायिक निधन भएको थियो । नेकपा क्रान्तिकारी माओवादी महासचिव मोहन वैद्य किरण सल्लाहाकार कुलराज ज्ञवाली श्रद्धाञ्जली सभा सहभागि हुन सनिवार कैलाली पुगेका थिए । क्रान्तिकारी माओवादी महासचिव मोहन वैद्य किरण सोमवार सम्म कैलालीमा नेता कार्यकर्ता संग चुनाव बहिस्कार बारे अन्तक्रिया र भेटघाट गर्ने कार्यक्रम रहेको स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुस