कञ्चनपुर । जिल्ला खाद्य अधिकार सञ्जाल कञ्चनपुरले खाद्य अधिकार बारे राष्ट्रिय भूमि आयोगसंग छलफल गरेको छ । आइतबार महेन्द्रनगरमा खाद्य अधिकार सञ्जालले राष्ट्रिय भूमि आयोगसंग छलफल गरेको हो ।

खाद्य अधिकार सञ्जाल कञ्चनपुरका अध्यक्ष सबै नागरिकलाई भूमि उपलब्ध गराई खाद्य अधिकार सुनिश्चित गराउने उदेश्यले भूमि आयोग कञ्चनपुरका पदाधिकारीसंग छलफल गरेको गरिएको बताए । ‘सबै नागरिकलाई जमिन उपलब्ध गराउन राष्ट्रिय भूमि आयोगको भूमिका हुन्छ, ‘उनले भने, ‘त्यही भएर आयोगका पदाधिकारीसग छलफल गरेका हौँ ।’

छलफलमा सहभागिहरुले सबै नागरिकलाई जमिनको स्वामित्व गराउनुपर्नेमा बताउँर्दै खाद्य अधिकार सुनिश्चित गराउनुपर्र्नेमा जोडदिएका छन । भूमि आयोग कञ्चनपुरका अध्यक्ष देवेन्द्र ढुङगानाले भूमि आयोगको काम जिल्लाभरी शुरु भएको बताए ।

अध्यक्ष ढुङगानाले भूमिहिन दलित, भूमिहिन सुकुमबासी र अव्यवस्थित बसोबासी सबैको फारम संकलनदेखि बाँकी सबै काम भईरहेको बताए । कार्यक्रममा अध्यक्ष ढुङगाना सहित विज्ञ सदस्य राज कुमार चौधरी, सदस्य पार्वती नेगी(कार्की), दिल बहादुर देउवाले भूमिहिनको समस्या समानधानका लागि प्रतिबद्धता जाहेर गरेका छन ।

प्रतिक्रिया दिनुस