कञ्चनपुर । विद्यार्थी नेता भीम भट्ट अखिल क्रान्तिकारी केन्द्रीय कार्य समितिको सचिवमा मनोनित भएका छन । सुदूरपश्चिमका क्रान्तिकारी विद्यार्थी नेता भट्ट अखिल क्रान्तिकारी केन्द्रीय कार्य कमिटि सचिवमा मनोनित भएका हुन ।

नेकपा माअ‍ोवादी केन्द्र निकट अखिल क्रान्तिकारी केन्दीय कमिटिको दोस्रो पुर्ण बैठकले भट्टलाई केन्द्रीय सचिवमा मनोनित गर्ने निर्णय गरेको क्रान्तिकारीले जनाएको छ । अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष पञ्चा सिहको अध्यक्षता एव नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)को प्रमुख आथित्यमा बैठक भएको थियो ।

भट्ट यस अघि लगातार चार पटक केन्दीय सदस्यको जिम्मेबारीमा थिए । अहिलेपनि सुप प्रदेश सह संयोजक एव केन्द्रीय सदस्य रहेका भट्टलाई थप जिम्मेबारी पाईएको छ । ०६०साल बेदकोटको सिद्ध बैजनाथ मावि इकाई अध्यक्षदेखि विद्यार्थी राजनीतिमा आएका भट्टलाई जिल्लादेखि, प्रदेश हुँदै केन्द्रीय जिम्मेबारी निर्वाह गर्दै आएका छन ।

अखिल क्रान्तिकारी केन्द्रीय सचिवको जिम्मेबारी पाएका विद्यार्थी नेता भट्टले संगठनले दिएको जिम्मेबारी निर्भिकताका साथ पुरा गर्ने र समग्र विद्यार्थीको हकहितका साथै शैक्षिक क्षेत्रमा काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

प्रतिक्रिया दिनुस