कञ्चनपुर बैशाख, ०५ । कञ्नचनपुरको बेदकोट नगरपालिका वडा १० का नेकपा माओवादी केन्द्रका नेता  बिद्रोह गरेर नेकपा (क्रान्तिकारी माओवादी) पार्टीमा पुर्नमिलन भएका छन । अत्तरियामा भएको एक क्रार्यक्रममा  नेकपा माओवादी केन्द्रका नेता जय बहादुर रोकाया ,हर्केश भन्डारी पुर्ब जनमुक्ति सेना नेपाल लक्की, बिरेन्द्र पार्की, प्रेम राना,गणेश नेपाली ,दान बहादुर रावल,राज भट्ट, जनक कामी क्रान्तिकारी माओवादीमा प्रवेस गरेका छन ।

पुनर्मिलन कार्यक्रमका प्रमुख अतिथि नेकपा (क्रान्तिकारी माओवादी )महासचिव मोहन वैद्य किरण र   अतिथि प्रवक्ता प्रतिकले टिका लगाएर स्वागत गरेका छन । क्रान्तिकारी माओवादी महासचिव किरणले प्रवेस गरेका नेताहरूलाइ बधाई दिएका छन उन्ले भने अहिले क्रान्तिकारी एक ठाउँमा हुनुपर्ने बताए ।

राष्ट्रियता र जनतन्त्र जनवादी क्रान्ति सम्पन्न गर्न र जनगणतन्त्र स्थापनका लागि सबै क्रान्तिकारी नेताहरूलाई क्रान्तिकारीमा ओवादीमा गोलबन्द हुनु आग्रह गरेका छन। राष्ट्रियता खतरामा परेको वेला गरिएको निर्वाचनको कुनै महत्व नरहेको बताए । दलाल संसदिय व्यवस्था असफल हुदै गएकोले अवको बिकल्प क्रान्तिकारी माओवादी अघि सारेको जनवादी गणतन्त्र मात्र रहेको बताए । पार्टीले चुनाव बहिष्कार गर्न निति लिएकोले सबैले मिलेर चुनाव बहिष्कार गर्नुपर्ने बताए ।

त्यस्तै पुनर्मिलन कार्यक्रममा प्रवेस गरेका नेताहरू स्वगत गरेर बधाई दिदै  नेकपा क्रान्तिकारी माओवादी प्रवक्ताले भने प्रचण्ड माओवादी सिद्धान्त विचारबाट पतन भएकोले पार्टी अलग भएको बताए । अन्य पार्टीमा रहेका क्रान्तिकारीहरूसंग एकता सहकार्य र कार्यगत एकता जारीरहेको बताए । पुर्व माओवादी पार्टी प्रचण्ड संग कुनै पनि हालतमा पार्टी एकता सम्भव नरहेको बताए ।

नेकपा क्रान्तकारी माओवादी पार्टीमा प्रवेस गरेका जय वहादुर रोकाया भने हामी लामो समय सम्म माओवादी केन्द्रमा काम गर्यौ र उक्त पार्टिले शान्ती प्रक्रिया पछि राजनीति सैद्धान्तिक र बैचारिक आन्दोलन भन्दा कुनै मुठीभर मान्छेलाई अकुत सम्पतिको मालिक बनाउने र सोझा ईमानदार कार्यकर्ता दास बनाउने सामन्तबादी संस्कार बढेको, बैचारिक हिसाबले ,दलाल पुरानापार्टीको मतियार बन्दै पुच्छर समाउदै हिडेकोले, त्यो पार्टीमा बस्नुको कुनै अर्थ नभएकोले निरन्तर बर्गिय क्रान्तिको पक्षधर एक मात्र पार्टी क्रान्तिकारि माओवादी भएकोले हामी पुनः पुर्नमिलनमा फर्किएका बताए ।

अव यो देशको एकमात्र सच्चा क्रान्तिकाकारी पार्टी क्रान्तकारी माओवादी पार्टी हो ।हामि क्रान्तिकारी माओवादी पार्टीले लिएको राजनीतिक कार्यदिशा जनबादी क्रान्ति र शस्त्रजनबिद्रोहको पक्षमा छौ ।आम उत्पीडित समुदायलाई दलाल संसदिय ब्यबस्थाको मतियार बन्नु भन्दा कथित स्थानीय निर्बाचन बहिष्कार गर्न गोलबन्द्द हुन हामी पुर्नमिलनमा फर्किएका बताए ।

पुनर्मिलन कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादी केन्द्रिय सदस्य डायमन्ड , हरि सुवेदी,लाल किरण , रूद्र कँडेल , सुदुरपश्चिम प्रदेस सेक्रेटरी तथा केन्द्रिय सदस्य राम बहादुर महरा ,देजमो सुदुरपश्चिम प्रदेश अध्यक्ष तथा केन्द्रिय सदस्य बिष्णु राम दमाई, अखिल क्रान्तिकारीका सुदुरपश्चिम प्रदेश संयोजक तथा केन्द्रिय सदस्य पुष्कर जोशी कैलाली जिल्ला सेक्रेटरी लगायत जन वर्गिय संगठनका नेता तथा क्रान्तिकारी माओवादीका नेता कार्यकर्ताको उपस्थित रहेका थिए । पार्टी प्रवेस तथा पुनर्मिलन कार्यक्रमको सञ्चालन नेकपा क्रान्तिकारी माओवादी कञ्चनपुर जिल्ला सेक्रेटरी  कैलाश जैशीले गरेका थिए ।

प्रतिक्रिया दिनुस