कञ्चनपुर बैशाख ०५। कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ६ मुसेपानीकी ४३ बर्षिया महिला रन्चुला साउदको शव आफन्तले बुझेका छन् । विशेषज्ञको अभावमा केही दिनदेखि शव परिक्षण गर्न नसकि महाकाली प्रादेशिक अस्पतालमा राखिएकोमा सोमवार पोष्टर्माटम गरिएको हो ।

पोष्टमार्टम गरिसकिए पश्चात उहाका आफन्तले शव बुझेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । साथै घटनाका बारेमा थप अनुसन्धान कार्य प्रहरीले गरी रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
यस्तै नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी)ले कञ्चनपुरको वेदकोट नगरपालिका मुसेपानीकी ४३ बर्षिया महिला रन्चुला साउद मृत्यु प्रकरणको भत्र्सना गरेको छ ।

क्रान्तिकारी महिला संगठन कञ्चनपुरले साउदको मृत्युको घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेको छ । रन्चुलाको धामीझाक्रीका कारण मृत्यु भएको खबरले संगठन गम्भिर भएको जनाउँदै दोषि उपर कार्बाहीको माग अघि सारेको छ ।

अखिल नेपाल महिला संघ क्रान्तिकारीका कञ्चनपुरका संयोजक शान्ति शाहीद्वारा हस्ताक्षरित गरिएको प्रेस विज्ञप्तीमा २१औँ शताब्दीमा आएर पनि महिलामाथि हुने यस्ता खालका जघन्य अपराधको संगठनको घोर भत्र्सना जाहेर गर्दै सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारिएको छ ।

प्रतिक्रिया दिनुस