कञ्चनपुर । नेकपा माओवादी केन्द्रले कञ्चनपुरको बेदकोट नगरपालिकाबाट प्रमुख र उप प्रमुखका उम्मेदवार सिफारिस गरेको छ । आशन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि माओवादी केन्द्र बेदकोट नगर कार्य समितिले प्रमुख र उपप्रमुखका उम्मेदवार जिल्लामा सिफारिस गरेको हो ।
माओवादी केन्द्र बेदकोट नगरका सचिव दान बहादुर बमले प्रमुखका लागि भीम भट्ट, शंकर दत्त जोशी, हेमराज पाण्डे, ललित परियार, मीन राज गिरी, योगेश साउद, जनक धामी रहेका छन । भने उप प्रमुखका लागि हिरा जैसी(सीमा), सीता डगौरा, शान्ति शाही(भण्डारी), रेखा बम(चन्द्र) रहेका छन ।
माओवादी केन्द्र बेदेकाट नगरका सचिव बमले नगरबाट उम्मेदवार टुङगो लगाउनका लागि जिल्लामा सिफारिस गरेको बताउदै उनले सबै दाबेदार भएकाले टिकट कसले पाउने भन्नेबारे जिल्लाबाटै टुङगो लाग्ने बताए । माओवादी केन्द्र बेदकोट नगरबाट सिफारिस भएका उम्मेदवार विद्यार्थी नेता, पुर्व राष्ट्रसेवक कर्मचारी, पुर्व उद्योगी, लडाकु युवा सिफारिस भएका छन ।