कञ्चनपुर बैशाख ,८ । बैतडीको पुर्चौडी नगरपालिकामा नेकपा एमाले पार्टीले मेयर र उपमेयर उमेद्धार सर्वसम्मत  टुंगो  लगाएको  छ  । एमालेको  नगरकमिटिको बैठकको सिफारिश अनुसार आकांक्षीहरु मध्ये मेयरमा कर्णबहादुर कुँवर र उपमेयरमा जानकी साउँदलाई उम्मेद्वार बनाउने निर्णय भएको बताइएको छ ।

कर्णबहादुर कुँवर नेकपा एमालेका  प्रदेश कमिटि सदस्य  हुन भने जानकी साउद जिल्ला कमिटि सदस्य  हुन् । आकांक्षीहरुबीच बसेर छलफल पश्चात आफूहरु सर्वसम्मत उम्मेद्वार बनेको मेयर पदका उम्मेद्वार कर्णबहादुर कुँवरले बताए ।

२०७४ सालको चुनावमा पनि दुवै जनाले एमालेबाट मेयर र उपमेयर पदमा उम्मेद्वारी दिएका थिए । त्यतीबेला दुवै  जनाले माओवादीका उम्मेदवारहरु  पराजय भोगेका हुन । यस्तै पुर्चौडीका वडाहरुमा पनि एमालले उम्मेदवार टुंगो  लगाइ सकेको  बताइएको छ । १० ओटै वडामा सर्बसम्मत नै उम्मेदवारको टुंगो  लगाइ सकेको कुँवरले बताए ।

माओवादी केन्द्रको बाट उप मेयरमा चुनाव जितेको उप मेयर जानकी ऐर बम सहितको एक समुह एमाले पार्टीमा गएकोले एमाले पुर्चौडी नगरपालिकामा मेयर र उप मेयरमा जित हाँसिल गर्ने विस्वास गरेको छ ।

प्रतिक्रिया दिनुस