कञ्चनपुर बैशाख, ७। नेकपा क्रान्तिकारी माओवादीले कञ्चनपुरमा संगठन बिस्तार र प्रशिक्षण कार्यक्रम शुरू गरेको छ । नेकपा क्रान्तकारी माओवादीले बुधवार कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर १० मा वार्ड कमिटि निर्माण गरेको छ । वेदकोट १० मा बुधवार १३ जनाको  वार्ड  कमिटि निर्माण गरिएको हो ।वार्ड सेक्रेटरीमा सिद्धराज चयन भएको छ ।

त्यस्तै सह सेक्रेटरी बिरेन्द्र सदस्यमा गणेश,दान,जनक,मान,राम,अम्मर,गोपाल,राज,निर्मला,कलावती ,बिष्णु  निर्वाचित भएका छन ।

वार्ड कमिटि निर्माण तथा प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि  नेकपा क्रान्तिकारी माओवादी सुदुरपश्चिम सेक्रेटरी राम बहादुर महरा चिन्तक रहेका थिए ।  त्यस्तै अतिथि देशभक्त जन गणतान्त्रिक मोर्चा नेपाल सुदुरपश्चिम प्रदेश अध्यक्ष बिष्णु राम दमाइ,  अखिल नेपाल किसन महासंघका क्रान्तिकारीका केन्द्रिय सदस्य तथा कञ्चनपुर सह सेक्रेटरी चन्द्रलाल चौधरी , क्रान्तिकारी युवा लिग कञ्चनपुरका अध्यक्ष कटन ,नेकपा क्रान्तिकारी माओवादी कञ्चनपुर सेक्रेटरी कैलाश , नेकपा क्रान्तिकारी माओवादी कञ्चनपुर जिल्ला सदस्य जनक ठकुल्ला लगायत क्रान्तिकारी माओवादीका नेता कार्यकर्ता उपस्थित रहेका थिए ।

प्रमुख अतिथि  नेकपा क्रान्तिकारी माओवादी सुदुरपश्चिम सेक्रेटरी राम बहादुर महरा चिन्तकले क्रान्तिकारी सच्चा देशभक्त एक हुनुपर्ने बताए । वार्ड कमिटि निर्माण कार्यक्रम उत्साह पुर्ण भएकोले अव संगठन निर्माण अभियान व्यापक बनाउनुपर्नेमा जोड दिए । उन्ले भने तत्काल बैशाखमा हुन गइरहेको कथित स्थानिय निर्वाचन बहिस्कार गर्ने सबैले तयार हुनुपर्ने बताए । देश आर्थिक संकट तथा राष्ट्रियता खतरा भइरहेको वेला गरिएको चुनावको नाटक बन्द गरिनुपर्ने बताए । पुराना जनप्रतिनिधि लुटेर जाने र नयाँ लुटेरा आउने व्यवस्थाले जनतालाई चरम संकटमा पारेको बताए । अव जनवादी क्रान्ति सम्पन्न गर्न र जनगणतन्त्र स्थापना गर्न सबैले क्रान्तिकाको लागि तयार हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुस