बैतडी, बैशाख, ०९ । बैतडीको सुर्नया गाउँपालिकमा नेकपा माओवादी केन्द्र र समाजवादीबीच गठबन्धन भएको छ । गठबन्धनबाट अध्यक्ष र उपाध्यक्षका लागि उम्मेदवारको टुङ्गो लागेको छ ।सुर्नया गाउँपालिकमा समाजवादीबाट अध्यक्षका उम्मेदवार नरेन्द्र बिष्ट र माओवादी केन्द्रबाट स्वेता भट्टलाई उपाध्यक्ष पदका लागि उम्मेदवार बनाउने सहमती भएको छ ।

सुर्नया गाउँपालिकमा नेकपा एस र माओवादी केन्द्रबिच गठबन्धन गर्ने सहमती भएको हो । नेकपा एसले अध्यक्ष पदमा उम्मेदवार नरेन्द्र बिष्ट सर्बसम्मत चयन गरेको छ । माओवादी केन्द्रले स्वेता भट्टलाई उपाध्यक्ष पदका लागि सर्बसम्मत उम्मेदवार बनाएको छ ।

प्रतिक्रिया दिनुस