कञ्चनपुर ,बैशाख, ०९।  भारतसंग सीमा जोडिएको कञ्चनपुरको सीमा नाका निर्वाचन भन्दा ४८ घण्टा अगाडि सिमा नाका बन्द गरिने भएको छ । आसन्न स्थानीय तहको निर्वाचन भन्दा ४८ घण्टा अगाडिदेखि सीमा नाका बन्द गरीने शुक्रवार सम्पन्न बैठकले निर्णय गरेको हो ।

वैसाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै ईन्डो नेपाल समन्वयात्मक बैठक सम्पन्न भएको हो ।कञ्चनपुरसंग सिमा जोडिएका भारतका तीन जिल्लाका अधिकारी सम्मिलित ईन्डो नेपाल समन्वयात्मक वैठक कञ्चनपुरको महेन्द्रनगरमा शुक्रवार सम्पन्न भएको हो ।

बैठकमा भारतको नैनीताल, उधमसिह नगर र चम्पावत जिल्लाका अधिकारीहरु सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि र नेपालको तर्फबाट कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डे, लगायत सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रतिनिधी, नेपाल प्रहरीका प्रतिनिधी, सशस्त्र प्रहरीका प्रतिनिधी लगायतको नेपालका तर्फबाट सहभागिता रहेको थियो भने भारतका पनि प्रशासनिक अधिकारी र सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुस