कञ्चनपुर बैशाख ,०९ । नेकपा माओवादी केन्द्र पार्टीबाट डिलाशैनी गाउँपालिकाको अध्यक्षको टिकट पार्वती नेगीले पाउने चर्चा शुरू भएको छ । पार्वती नेगीले भने पार्टीले मुल्याङकन गरेर डिलाशैनी गाउँपालिकाको टिकट दिने बताएकि छिन ।माओवादी केन्द्र पार्टीबाट डिलाशैनी गाउँपालिकाको अध्यक्षका लागि ५ जना आकांक्षी देखिएका छन ।
डिलाशैनी गाँउ कमिटि पदाधिकारीको बैठकले सर्वसम्मतबाट टुङ्गो लगाउन सहमति गरेपनि सहमति हुन सकेन लामो समयको छलफल पछि ५ जना अध्यक्षका आकांक्षीको नाम सुदुरपश्चिम प्रदेश कमिटि लाई सिफारिस गरेको छ ।
बिहिवार गोकुलेश्वर मा बसेको डिलाशैनी गाँउ कमिटि पदाधिकारीको बैठकले डिलाशैनी गाउँपालिका अध्यक्षका लागि लक्ष्मी प्रसाद जोशी ,पार्वती नेगी, लोकेन्द्र राना, अर्जुन राना,बल बहादुर माल लाइ प्रदेसमा नाम सिफारिस गरेको हो ।
डिलाशैनी गाउँपालिकाको समग्र विकासको लागि आफु सक्षम रहेकोले टिकट पाउने पार्वती नेगीले दावि गरेकी छन । आफु सहिद परिवारको सदस्य र विध्यार्थी जिवनबाट माओवादी पार्टीमा लागेकोले आफुले टिकट पाउनुपर्ने दावी गरेको बताए।
सर्वसम्मत उमेद्धार गर्ने तयारीमा रहेका नेताहरूले अन्य आकांक्षी उमेद्धारले सहमति नगरेपछि प्रदेश कमिटिमा नाम सिफारिस भएको हो । सत्ता गठबन्धनमा रहेका दलहरूले सहमति गरेर डिलाशैनी गाउँपालिकामा माओवादी केन्द्र लाई अध्यक्ष दिने निर्णय गरेका छन ।