काठमाडौँ, १० बैशाख । क्रान्तिकारी पत्रकार महासंघका महासचिव रवि पाण्डेयलाई प्रहरीले विना कारण पक्राउ गरेको छ ।
नेकपा माओवादी क्रान्तिकारीले नवलपरासीको सुनवल क्षेत्रमा आयोजना गरेको निर्वाचन बहिष्कार कार्यक्रमको समाचार संकलन गर्न पुगेका पाण्डेयलाई प्रहरीले पक्राउ गरेको बताइएको छ ।
निर्वाचन बहिष्कार कार्यक्रमको समाचार संकलन गरेकै आधारमा पाण्डेयलाई पक्राउ गरेको बताइएको छ । पाण्डेयलाई पक्राउ गर्नु सरकारको प्रेस स्वतन्त्रता विरोधी हर्कत भएको भन्दै क्रान्तिकारी पत्रकार महासंघले उनलाई विनाशर्त अबिलम्ब रिहाई गर्नु पर्ने माग गरेको छ । समाचार संकलन गर्न गएको भरमा पक्राउ गर्ने कार्य निन्दनिय भएको भन्दै क्रान्तिकारी पत्रकार महासंघ प्रहरी प्रशासनको भत्सना गरेको छ ।
प्रतिक्रिया दिनुस