बैतडी, बैशाख, ११ । बैतडीको डिलाशैनी गाउँपालिकाको अध्यक्ष  पदका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका सन्तोष प्रकाश जोशीले मनोनयन दर्ता गरेका छन् । निर्वाचन अधिकृतको कार्यालय धामीगाउँ पुगेर जोशीले उम्मेदवारी दर्ता गरेका हुन् ।

नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ सुदूरपश्चिम अध्यक्ष रहेका जोशीले सो पदबाट राजीनामा गरेर स्वतन्त्रबाट उम्मेदवारी दर्ता गरेका हुन् । पार्टीले टिकट नदिएपछि जोशीले स्वतन्त्रबाट उम्मेदवारी घोषणा गरेका थिए ।

डिलाशैनीको समग्र विकासका लागि भन्दै उनले उम्मेदवारी घोषणा गरेका हुन् । पार्टीको दासतबाट मुक्त भएर स्वतन्त्र रुपमा डिलाशैनीको विकासका लागि आफ्नो उम्मेदवारी दर्ता भएको जोशीले बताए ।
यस्तै स्वतन्त्रबाट वडा अध्यक्षका उम्मेदवारहरुले पनि मनोनयन दर्ता गरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुस