कञ्चनपुर ,बैशाख ,११ । नेकपा (क्रान्तिकारी माओवादी)ले सुदुरपश्चिममा चुनाव बहिस्कार अभियान चलाएको छ । क्रान्तिकारी माओवादीले कैलाली ,कञ्चनपुर ,डडेलधुरा ,अछाम बैतडी लगायत अन्य जिल्लामा चुनाव बहुष्कार अभियान सञ्चालन गरको छ ।

क्रान्तिकारी माओवादीले सुदुरपश्चिम लगायत देशभर बैशाख ३० मा भइरहेको स्थानिय तहको चुनाव बहिष्कार अभियान सक्रिय बनाएको छ ।

क्रान्तिकारी माओवादी प्रतिकृयावादी स्थानिय चुनाव बहिस्कार गरौ भन्दै बहिस्कारका पर्चा प्मपेलेट लगाउने कार्य गरेका छन ।सबै दल चुनाव केन्द्रित छन क्रान्तिकारी माओवादी चुनाव बहिष्कार केन्द्रित रहेको छ ।

क्रान्तिकारी माओवादीको केन्द्रिय कार्यक्रम अनुसार सुदुरपश्चिमका सबै जिल्लामा सान्तिपुर्ण रूपमा चुनाव बहिष्कार अभियान सञ्चालन भएको क्रान्तिकारी माओवादी सेक्रेटरी चिन्तकले जानकारी दिनुभयो । उन्ले भने प्रतिकृयावादीहरूले गर्ने स्थानिय चुनावको कुनै अर्थ नरहेको  बताए । देश चरम आर्थिक संकट तर्फ गइरहेको वेला गरिने चुनावले देशको अर्थ तन्त्रमा गम्विर समस्या पैदा हुने बताए । राष्ट्रिया खतरा भएको छ एमसीसी जस्तो राष्ट्रघात गरेर जनतालाइ ठग्ने चुनावले देश दुर्घटना तर्फ गइरहेको बताए । क्रान्तिकारी देशभक्त सबैले मिलेर चुनाव बहिष्कार गर्न क्रान्तिकारी माओवादीले आव्हान गरेको छ ।

प्रतिक्रिया दिनुस