कविता ,

कलम कापी  बोक्ने बेला
बम र बन्दुक बोकायो मनसरा !
कुटो र कोदालो बोक्ने बेला
प्रचारप्रसारका झण्डा बोकायो मनसरा !

किन बुझ्दैनन् जनताका
समस्याहरु किन चाहन्छन
राष्ट्र खोक्रो बनाउन मनसरा
राष्ट्रिय र राष्ट्रियता माथि चौतर्फि
संकट परेको देखेन् मनसरा !

बरु देख्यो त यिनै दलालहरुको
कुर्सी रित्तो देख्यो मनसरा
तर दुखि जनताहरुको जिवनस्तर
कहिलै बुझेन मनसरा !

भोट माग्न हैनन
लुट्ने प्रथाको लाईसेन्स
प्राप्त गर्न आए मनसरा !

mcc पास गर्न हस्ताक्षर
गरेको हातको मसि नसुक्दै
निर्वाचनमा मतदान गर
भन्छन मनसरा !

किन बुझेनन् कसैले जनताको मनोभावना

किन बुझ्दैनन् जनताको पिरमार्का मनसरा!

दिपेन्द्र ऐरी
२०७९ बैसाख १० गते

प्रतिक्रिया दिनुस