कञ्चनपुर, बैशाख, १२ । नेपाली कांग्रेस कञ्चनपुरले सबै पालिकामा उम्मेदवारी टुंग्याएको छ । ९ वटै पालिकामा प्रमुख र उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष पदमा उम्मेदवारी टुंग्याएको काँग्रेस कञ्चनपुरले जनाएको छ ।जिल्ला सचिव भीमराज भट्टले भने, “सबै पालिकाको टुंगो लगाई सकेका छौ तर निर्णय गर्न मात्र बाकि रहेको छ ।”

कांग्रेसले भीमदत्त नगरपालिकाको मेयरमा पदम बोगटी र उपमेयरमा निलम लेखकलाई उम्मेदवार बनाउने भएको छ । कांग्रेस जिल्ला सभापतिसमेत रहेका बोगटी २०७४ सालको चुनावमा एमालेका सुरेन्द्र विष्ट संग पराजय बनेका थिए ।

दोधारा चाँदनीको मेयरमा गोपालदत्त भट्ट र उपमेयरमा गंगा जोशीलाई उठाउने सहमति भएको छ । यसैगरी, बेदकोटको मेयरमा भोजराज बोहरा र उपमेयरमा तुलसी जोशीको उम्मेदवारी पक्का भएको छ । दुबै जनाले अघिल्लो चुनावमा पराजय भोगेका थिए ।

पुनर्वासको मेयरमा तोयानाथ शर्मा र उपमेयरमा भुलिया राना आएका छन् । बेलौरी नगरपालिकाको मेयरमा हरेन्द्र विष्ट ९होसियार० र उपमेयरमा खिना भण्डारीलाई उम्मेदवार बनाएको छ ।यी दुबै अघिल्लो चुनावमा पराजित भएका थिए । यसैगरी, कांग्रेसले शुक्लाफाँटाको मेयरमा चिन्तामणी भट्ट, उपमेयरमा कल्पना पन्त, कृष्णपुरको मेयरमा हेमराज ओझा, उपमेयरमा द्रोपदी रानालाई उम्मेदवार बनाएको छ ।

लालझाडी गाउँपालिकाको अध्यक्षमा श्रीकृष्ण राना उपाध्यक्षमा राधा राना र बेलडाँडीको अध्यक्षमा हरिशचन्द्र रानालाई कांग्रेसले उम्मेदवार बनाएको छ । उपाध्यक्षको भने टुंगो लगाउन बाकि छ ।

प्रतिक्रिया दिनुस