कञ्चनपुर, बैशाख, १२ । नेपाली काङ्ग्रेस पार्टीले शुक्लाफाँटा नगरपालिका वडा अध्यक्षको उमेद्धार टुंगो लगाएको छ ।शुक्लाफाँटा १ देखि १२ वडा का वडा अध्यक्षका उमेद्धारहरुको टुंगो लगाएको सुवर्ण विष्टले जानकारी दिए ।

क्रमश वडा नम्बर १ को वडाध्यक्षमा सुवर्ण विष्ट, वडा नम्बर २ को वडाध्यक्षमा गोविन्द अवस्थी, वडा नम्बर ३ को वडाध्यक्षमा चन्द्र चौधरी, वडा नम्बर ४ को वडाध्यक्षमा कमल ठकुल्ला, वडा नम्बर ५ को वडाध्यक्षमा चक्र खड्का, वडा नम्बर ६ को वडाध्यक्षमा दान बहादुर ऐर, वडा नम्बर ७ को वडाध्यक्षमा भरत विष्ट, वडा नम्बर ८ को वडाध्यक्षमा चक्र ठगुन्ना, वडा नम्बर ९ को वडाध्यक्षमा रमेश बहादुर ऎर, वडा नम्बर १० को वडाध्यक्षमा, लाल बहादुर ऐर, वडा नम्बर ११ को वडाध्यक्षमा शेर बहादुर साउँद र वडा नम्बर १२ को वडाध्यक्षमा ,धवल सिंह महरा लाई सर्वसम्मत उमेद्धार टुंगो लगाएको सुवर्ण विष्टले बताए । नेपाली काङ्ग्रेस पार्टीले आफुलाई मुल्याकन गरेर टिकट दिएकोले आफुले वार्ड अध्यक्षमा जित्ने बिष्टले दावी गरेका छन ।

प्रतिक्रिया दिनुस