कञ्चनपुर ,बैशाख, १३ । नेकपा क्रान्तिकारी माओवादी कैलाली जिल्लाले स्थानिय तहको निर्वाचन बहिष्कार अभियान सञ्चालन गरेको छ ।

नेकपा क्रान्तिकारी माओवादी कैलालीले बिभिन्न ठाउँमा कोण सभा गर्दै पर्चा पम्प्लेट बाड्ने र ठाँउ ठाँउमा पम्पेटिङ लगाउने काम गरेर चुनाव बहिष्कार अभियान व्यापक बनाएको छ ।

क्रान्तिकारी माओवादी सुदुरपश्चिम सदस्य टंक कोइरालाले बैशाख ३० मा हुन गइरहेको प्रतिकृयावादी दलालहरूले गर्न लागेको  स्थानिय तहको चुनाव बहिष्कार सञ्चालन गरेको बताए ।  उन्ले भने क्रान्तिकारी माओवादी पार्टी चुनाव बहिष्कारमा शसंक्त भएर लागेको बताए ।

प्रतिक्रिया दिनुस