कञ्चनपुर ,बैशाख ,१३ । कञ्चनपुरको महाकाली तेस्रो चरण टनकपुर देखि मालाखेती सम्म निर्माणाधीन अवस्थामा रहेको सिचाइ नहरमा देउरा भवानी कन्सट्रकसनले नहर सरसफाइका लागि आगो लगाउदा नहर छिउमा रहेको एक किसानको खोरमा आगलागी भएको छ ।

आगो लगाएर नहर सफा गर्ने क्रममा भिमदत्त नगरपालिकाको वार्ड नम्बर ९ मा गोरील पसुपंक्षी फर्मका सञ्चालक किसान धनी धनेश्वरि देबि नाथको कुखुरा फर्ममा आगलागि हुँदा कुखुराको खोर जलेर नष्ट भएको छ ।

देउरा भवानी कन्सट्रकसनले नहर सरसफाइमा लापर्वाही गरेर आगलागि हुन पुगेको भन्दै नेकपा विप्लव पार्टी कञ्चनपुर भीमदत्त नगर संयोजक र नगर सेक्रेटरीले प्रेस विज्ञप्ती जारी गरेर ठेकेदारले किसानलाइ उचित क्षेतिपुर्ती दिन माग गरेका छन । प्रेस विज्ञप्ती जारी गर्दै देउरा भवानी कन्सट्रकसनलाइ नेकपाले ध्यानाकर्षण समेत गराएको छ।

ठेकेदारले आगलागिबाट भएको क्षेतिको पुर्ण जिम्मेवारी लिई पिडित परिवारलाई उचित क्षेतिपुर्तिका लागि नेकपा भीमदत्त नगर पार्टीले एक प्रेस विज्ञप्ती जारी जारेर जोडदार माग गरेको छ ।

प्रतिक्रिया दिनुस