कञ्चनपुर । आशन्न ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली काँग्रेसले कञ्चनपुरको बेलडाँडी गाँउपालिका प्रमुख पदमा हरिशचन्द्र रानालाई अघि सारेका छन । राना बेलडाँडीका शिक्षित बुद्धिजिवी भित्र पर्दछ ।

उनी शिक्षक काँग्रेस जिल्ला उपसभापति हुँदै अहिले बेलडाँडी प्रमुखको यात्रामा छन । रानाथारु समुदायबाट उनी काँग्रेस जिल्ला सेकेन्ड नेतृत्व र पालिका प्रमुखको यात्रामा पहिला उम्मेदवार देखिएका छन ।

जिल्ला उपसभापतिमा काँग्रेसको ठुल ठुला भेट्रानहस्तीलाई हराउँदै उपसभापतिमा निर्वाचित भएका राना अहिले गाँउपालिका प्रमुखको यात्रामा छन । पाटी उपसभापतिमा निर्वाचित भएका रानाले शिक्षकबाट यस अघि नै राजिनामा दिएका थिए ।

दुई दशकदेखि काँग्रेसको राजनीतिमा होमिएका रानाले यस पटक गाँउ प्रमुखको यात्रा तय गरेका छन । उनी काँग्रेस कञ्चनपुरको जिल्ला सदस्य हुँदै जिल्ला पाटीको शिर्ष पदमा पुगेका थिए ।

०५७ सालदेखि काँग्रेसको सकृय राजनीतिका रहेका रानाले यस अघि पार्टी जिल्ला सदस्य, आदिवासी जनजाति विभाग प्रमुख, जिपी फाउण्डेशन सचिव शिक्षक संघ आजिवन सदस्य रहेका रहेका थिए । गाँउको समग्र विकास गर्ने रानाको योजना रहेको छ ।

प्रतिक्रिया दिनुस