कञ्चनपुर बैशाख १४ । आसन्न बैशाख ३० गते हुन गइरहेको स्थानिय तहको विर्वाचनका लागि नेकपा माओवादी केन्द्रका नेता समाजसेवी युवा व्यवसायी दान बहादुर बोहराले वाड ११ मा अध्यक्ष्का लागि स्वतन्त्र उम्मेदवारी मनोनयन दिएका छन ।
शुक्लाफाँटा नगरमा नेकपा माओवादी केन्द्रकाले समाजवदी संग गठबन्धन गरेको छ ।शुक्लाफाँटा ११ मा समाजवादी पार्टी गठबन्धनको उम्मेदवारी दिने माआवादी केन्द्रले निर्णय गरेपछि बोहराले असन्तुष्ट भएर ११ मा स्वतन्त्र उम्मेदावारी दिएका छन ।
माओवादी केन्द्रका सबै कार्यक्रर्ताले दान शिह बोहरालाई भोट हाल्ने भन्दै बोहरालाई स्वतन्त्र उम्मेदारी दिन लगाएको शुक्लाफाँटा ११ एक माओवादी केन्द्रका नेताले बताए । उन्ले भने पार्टीमा एक्लै लडन सक्ने अवस्था हुदाँ पनि पार्टीले गठबन्धन गरे पछि माओवादीका नेताकार्यक्रर्ता असन्तुष्ट रहेको बताए ।
त्यस्तै माओवादी केन्द्रमा टिकटको बिषयमा बिवाद हु्दाँ शुक्लाफाँटा नगरपालिका १ मा नेकपा माओवादीका नेता समावसेवी नवराज अवस्थीले स्वतन्त्र उम्मेदवारी दिएका छन । नेकपा माओवादीका नेता समावसेवी नवराज अवस्थीले अघिल्लो स्थानिय निर्वाचनमा पनि माओवादीबाट उम्मेदवार बनेर चुनावमा ७५ मतले पराजित भएका थिए ।
शुक्लाफाँटा नगरपालिका ८ मा तिलक जप्रेलले स्वतन्त्र उम्मेदवारी दिएका छन । शुक्लाफाँटा नगरपालिका प्रमुखका लागि माओवादी केन्द्रमा टिकटको बिषयमा बिवाद जारी रहेको छ । माओवादी नेन्द्रमा प्रमुखका लागि टिकटको बिषयमा बिवाद हुदाँ लोकेन्द्र ऐरी र नवराज ऐरीले उम्मेदवारी दिएका छन । निवार्चन कार्यालयमा प्रमुखका लागि टिकटको बिषयमा बिवाद हुदा उजिरी परेको निर्वाचन कार्यलयले जनाएको छ । प्रमुखका लागि लोकेन्द्र ऐरी र नवराज ऐरी दुवैले पार्टीकोे आधिकारीक उम्मेदवार रहेको दावी गर्दै आएका छन ।