कञ्चनपुर । कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका प्रमुखका लागि समाजसेवी नेता भीम कुमालले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन । कुमालले आफ्नो एक्लै मात्र होईन सिङ्गो टिम अघि लिएर उम्मेदवारी दर्ता गराएका हुन ।

कञ्चनपुरका सहित देशभरी अधिकाँस स्थानमा स्वतन्त्र उम्मेदवार एक्लैले आफ्नो उम्मेदवारी दर्ता गराएपनि दोधाराचाँदनीमा कुमालले आफ्नो पुरै सेट समुहको उम्मेदवारी दर्ता गराएर अघि बढेका छन । कुमालले आफ्नो टिममा आदिवासी जनजाति समुदायबाट उप प्रमुखमा पार्वती राना (मगर)लाई अघि सारेका छन । भने, १०वटै वडाध्यक्ष, सदस्यहरुमा उम्मेदवारी दर्ता गराएर चुनावी मैदानमा होमिएका छन । १ बाट प्रेम खत्री अध्यक्ष, सदस्यहरु शंकर सुनार, विष्ना सुनार, मानाती बोहरा, रेखा सुनार, २बाट भुवन बहादुर सुनार, सदस्य गोपी दमाई लाल बहादुर सार्की, जानकी दमाई रिठुदेवी दमाई, ३ बाट अध्यक्ष भुपेन्द्र दमाई सदस्यहरु मनोज आउजी प्रेम सुनार चम्फा थापा जयसरा सुनार, ४ बाट अध्यक्ष धन ब. दमाईको अध्यक्ष सदस्य, मोहन ब. सिह भीम ब. दमाई अनिता धामी दिलमाया टमाटा, ५अध्यक्ष राम सुनार शान्ति सुनार, बुदे सुनार रतना सुनार सम्झना सुनार राम बहादुर सुनार, ६ अध्यक्ष भीम ब. कामी अध्यक्ष, सदस्य, नहकुल बुढा, सुरतराम महर, निलम खत्री, सरस्वती सुुनार , ७ अध्यक्ष नारायण सिह सुनार नन्दा गुरुङ्ग, कमला कु सुनार जानकी सुनार , ८ अध्यक्ष नर ब. सुनार, शंकर कामी, खडक टमाटा, सुन्दर ठगुन्ना, सन्देश ठगुन्ना, पुर्णकला सुनार ९ अध्यक्ष शान्ता क्षेत्री सदस्य धन बहादुर खडका, लक्ष्मी कुमाल, मान कुमारी सुनार, भविसरा सुनार र १० अध्यक्ष ईन्द्र सुनार सोतीराम सुनार, भीम बहादुर चतारा, मोतीराम सुनार, कोशल्यादेवी सुनार, टिका चदारो रहेका छन । आफ्नो विकासका एजेण्डा अघि सारेर कुमाल चुनावी मैदानमा होमिएका हुन ।

प्रतिक्रिया दिनुस